logo
  • शनिबार, असोज १० २०८३

बन्दले धार्मिक तथा शैक्षिक महोत्सव स्थगित


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

hastichaurअनिल खत्री, गुल्मी मंसिर २२ ।
गुल्मीको हस्तिचौरमा रहेको हिमालय उच्च माध्यमिक विद्यालयले सञ्चालन गर्न लागेको जालापा हस्तिचौर शैक्षिक तथा धार्मिक महोत्सव केहि समयको लागि स्थगित गरिएको छ ।

विद्यालयलाई जिल्लाकै नमूना प्राविधिक युक्त शैक्षिक संस्था तथा क्याम्पस सञ्चालनार्थको लागि यहि मंसिर २५ गतेदेखि पौष २ गतेसम्म सञ्चालन गर्न लागिएको महोत्सव ५ नं. प्रदेश अनिश्चित कालको लागि बन्द र हडतालका कारण महोत्सव स्थगित गरिएको मुल समारोह समितिका संयोजक शेर बहादुर कुँवरले जानकारी दिनु भयो ।

महोत्सव सम्पन्न गर्न धेरै कामहरु सम्पन्न भएतापनि बन्दहडतालले यातयात बन्दहुदा समान ल्याउन लैजान कठिनाइ भएको भन्दै महोत्सव स्थगित गरिएको कुवँरको भनाइ रहेको छ ।

महोत्सव आँउदो माघ र फाल्गुन महिनाभित्र सम्पन्न गर्ने गरि छलफल भइरहेको भएको आयोजकले जनाएको छ । महोत्सव सम्पन्न गर्नको लागी कलश सदस्यता वितरण र आर्थिक संकलन अभियानलाई निरन्तरता दिने संयोजक कुँवरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend