साझा नेटवर्क
कुमार “अविरल” पन्थी, काठमाडौं मङ्सिर २२।
“चाइना तिर जाम” “लास्टै टेन्सन भो” जस्ता चर्चित एल्वमबाट चर्चा बटुलेका गायक यूवराज छन्त्याल “फेसबुकले भेट गरायो” एल्बम लिएर दर्शक श्रोताहरुको माझमा आएका छन । गायक छन्त्यालले आफ्नो नयाँ गीत युट्युब मार्फत सार्वजनिक गरेका हुन् ।
आजभोली फेसबुकबाटै लभ पर्ने र विवाह गर्ने लगायतका कुराहरुलाई समेटर गीतलाई तयार गरिएको छ । प्राय जसो ठट्यौली गीत गाउने छन्त्यालले यस पटक भने अलि फरक किसिमको गीत लिएर बजारमा आएका हुन ।
प्रवासमा रहेर पनि नेपाली लोकगीतको क्षेत्रमा सक्रिय छन्त्यालका जहाजै चढेर, चाइनातीर जाम, लास्टै टेन्सन भो लगायतका चर्चीत गीतहरु बजारमा पस्कि सकेका छन् ।
“फेसबुकले भेट गरायो” एल्बममा छन्त्याल स्वयमको लय, शब्द र स्वर रहेको छ भने उनलाई चर्चित गायिका पूर्णकला बिसीले साथ दिएकी छिन । स्मृति तिमिल्सिना “गुरुआमा”को निर्देशन, सुरेश श्रेष्ठको छयांकन र दिपक बिष्टको सम्पादन रहेको म्युजिक भिडियोमा शेर साउद र हेमा ढुंगेलले अभिनय गरेका छन । गीतलाई गुरुआमा फिल्मस प्रा.लि.ले बजारमा उपलब्ध गराएको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend