logo
  • शनिबार, असोज १० २०८३

महिला हिँसा बिरुद्ध १६ दिने अभियान गाउ-गाउमा


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिश शर्मा गैरे/प्रकाश घिमिरे, गुल्मी मङ्सिर २१।
महिला हिँसा बिरुद्धको १६ दिने अभियान चलिरहेको क्रममा बाग्लुङ्को ग्वालीचौरमा पनि एक अन्तरक्रिर्यात्मक कार्यक्रम सम्पन्न भएको छ । हाम्रो आवाज हाम्रो सहभागीता, न्याय र बिबिधता भन्ने नारा सहित अन्तरपार्टी महिला सञ्जाल ग्वालीचौरको आयोजनामा उक्त कार्यक्रम सम्पन गरिएको हो ।

कार्यक्रममा सञ्जालकी अध्यक्ष सरस्वती शर्मा आचार्यको अध्यक्षता रहेको थियो भने गाबिस सचिब तथा अध्यक्ष सुनिता पुनको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेसका ग्वालीचौर गाँउ कमिटि सभापति अर्जुन खरेल, नेकपा एमाले गाँउ कमिटि अध्यक्ष कमलराज आचार्य, नेकपा माओबादी केन्द्रका प्रतिनिधि शिबलाल आचार्य, भानु उमाबिका प्राचार्य केशव खरेल, नागरीक समाजका संयोजक नेत्र प्रसाद गौतम, खार प्रहरी चौरका इन्चार्ज प्रहरी सहायक निरिक्षक तत्व सिँह शाउद लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्नै बक्ताहरुले समाजमा अझै पनि महिला प्रति हेरिने दृष्टिकोण फरक भएको भन्दै यसको अन्त्य हुनुपर्ने बताएका थिए । कार्यक्रमको सञ्चालन सञ्जालकी सचिब तथा नेपाली काँग्रेस जिल्ला सदस्य सरस्वती आचार्यले गर्नुभएको त्यहाबाट सहयोगी कमलराज आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend