साझा नेटवर्क
बिमल खड्का, बागलुङ मङ्सिर २० ।
महिला स्वास्थ्य स्वयं शेविकाको निस्वार्थ सेवा, स्वस्थ्य, समृद राष्ट्र निर्माणमा हाम्रो तेवा भन्ने मुल नाराका साथ आज जिल्लाको खुंगा गाविसमा १३ राष्ट्रिय महिला स्वास्थ्य स्वयम शेविका दिवस विविध कार्यक्रम गरि मनाईएको छ ।
दिवसको अवसरमा खुंगा स्वास्थ्य चौकिले आयोजना गरेको स्वयम सेविकाहरु विचको हाजिरी जवाफ प्रतियोगिता संगै ¥याली सहित गाँउ परिक्रमा लगायतका अन्य कार्यक्रमहरु सम्पन्न भएको छ । स्वास्थ्य चौकिले आयोजना गरेको उक्त कार्यक्रममा प्रथम द्धितिय र तृतिय हुनेलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।
खुंगा हेल्थपोष्ट ईन्चार्ज रामेस्वर ठाकुरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा खुंगा गाबिसका सचिव एवम हेल्थपोष्ट ब्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद शर्माको प्रमुख अतिथ्यता, नेपाली कांग्रेसका पदम पुन, नेकपा एमालेका हर्क श्रिपाली, जनमोर्चाका तिलक पुन र हेल्थपोष्ट ब्यवस्थापन समितिका सल्लाहकार विवराज गैरेको विशिष्ट आतिथ्यता लगायत समाजसेवी, बुद्धिजिवि, गाविसका सम्पुर्ण वडाका महिला स्वास्थ्य स्वयम शेविकाहरुको सहभागिता रहेको थियो ।
हेल्थपोष्टका अनमि खिम कुमारी कँडेलको स्वागत मन्तब्य रहेको उक्त कार्यक्रम हेल्थपोष्ट अहेब सुमन कुमार चौरासियाको सञ्चालनमा सम्पन्न भएको थियो । त्यहाँ बाट जितेन्द्र विश्वकर्माले जानकारी दिनु भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend