logo
  • शनिबार, असोज १० २०८३

बागलुङमा लैङगिक हिंसा बिरुद्ध १६ दिने अभियान मनाइयो


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

बिमल खड्का, बाग्लुङ मङ्सिर २०।
घर शान्ति नै बिश्व शान्तिको अधार बिकास निमार्णमा लैङगिक हिसा रहित समाज भन्ने मुल नारा सहित आज बुर्तिबाङमा लैङगिक हिंसा बिरुद्ध १६ दिने अभियान मनाइएको छ । अलपकाललिन महिला सेवा केन्द्र बुर्तिबाङ र ईलाका प्रहरी कार्यलय बुर्तिबाङको संयुक्त आयोजनामा सो अभियान मनाएको छ । समाजमा लिङगको आधारमा हुने हिंसामा तथा घरेलु हिंसा तथा बालबालिका हिंसाका बिरुद्धमा कसरी सचेत गराउन सकिन्छ भन्ने उदेश्यले लैङगिक हिसां बिरुद्धको १६ दिने अभियान अन्र्तगको कार्यक्रम आज बुर्तिबाङमा सम्पन्न भएको छ।
15320286_1441222132569431_266637509_n
कार्यक्रमा महिला हिसां , अन्त्य गरौ ,महिला हकं अधिकार सुन्चीत गरौ , छोरा छोरी बराबरी , लगाएतका नारा प्ले कार्ड सहित बुर्तिबाङको बस पार्कबाट सुरु भएको ¥याली बजार परिक्रमा गरि सोहि स्थानमा आएर सभामा आएर परिणत भएको थियो । कार्यक्रममा घर शान्ति भयो भने बिश्व शान्ति हुन्छ त्यसैले समाजमा हुने लौगिक हिसांहरु जस्तै भुर्ण हत्या दाईजो प्रथा , लिङगका आधारमा हुने हिंसा लगाएतका घरेलु हिंसा अन्त्यका लागी स्वायम आफै आफनो ठाउँबाट जागरुक हुनुपर्ने बोल्ने बक्ता हरुको भनाईरहेको थियो ।
15328407_1441222155902762_707527629_n
कार्यक्रममा बोल्दै नेपाली काग्रेस बुर्तिबाङका सभापति शालिकराम शर्मा नेकपा माओबादी केन्द्रका चन्द्रलाल अर्याल उत्तर गंगा माबिका प्रअ धन बहादुर कुवँर ,दलित सञ्जाल बुर्तिबाङका अध्क्षय असोक बिसी ,ईलाका बन कार्यलयका खेम श्रीष रेडियो दोरपाटनका छबिलाल पाण्डे लिलमायाँ पुन लगाएतले आफनो मन्त्व्य राख्नुभएको थियो भने ,सहभागिताको तर्फबाट गंगा बराल , बिमला पटेल , बिद्याथी सन्तोष अर्याल , गंगा चालिसे शुरेन्द्र कुवँर , सुर्य पौडेल ,बिशाल पाण्डे लगाएतले लैङगिक हिंसा बिरुद्ध आफना घारण राख्नुभएको थियो ।
15301264_1824929857761929_1559075956_n
कार्यक्रममा अल्पकालीन महिला सेवा केन्द्र बुर्तिबाङ अध्क्षय दुर्गा देवी घर्ति मगरको अध्क्षयता ईलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रमुख शिबराज क्षेत्री एकीकृत सेवा केन्द्र बुर्तिबाङका नासु लोक बहादुर कुवँर लगाएतको बिशीष्ठ आथित्याता रहेको थियो। साथै सोहि कार्यक्रममा बिभिन्न बिद्यालयका शिक्षक बिद्यार्थी महिला अधिकार कर्मी समाजसेवी सञ्चारकर्मी लगाएतको उपस्थित रहेको थियो । अल्पकालीन महिला सेवा केन्द बुर्तिबाङकी कोषाध्क्षय दिलमाया पौवीको स्वागत मन्त्व्य संस्थाकी सचिब गण्डकी थापा अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend