logo
  • शनिबार, असोज १० २०८३

यातायात बन्दको मौका छोपेर कालोबजारी


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

वुटवल पुगेको एक हजार, तल खोलामा झरेको ८ सय !


प्रेम सुनार, गुल्मी मंसिर २०।
गत पाँच दिन देखि जनआन्दोलन प्रभावकारी बनाउन गरिएको यतायात बन्दको मौका छोपेर केहि यातायत व्यवसायीहरुले कालोवजारी गर्ने गरेको गुनासो आएको छ । साँझ पाँच वजे देखि विहान ६ वजे सम्म खुल्ला गरिएको समयमा कतिपय गाडीहरुले वुटवल पुगेको एक हजार सम्म भाडा असुल्ने गरिएको गुनासो आएको छ ।

त्यस्तै तम्घासबाट तल छल्दी पनाह खोला सम्म पुगेको ८ सय सम्म असुलेर सर्व साधरणको ढाड मस्काउने गरेको गुनासो समेत आज गुल्मी उद्योगा वाणिज्य संघमा चर्चा चलेको थियो । त्यस्तो कार्य रोक्न जनआन्दोलन समितिलाई ध्यानकृष्ट गराएको थियो । यस सम्वन्धमा जिल्ला प्रशासन कार्यालयको ध्यानकृष्ट गराउँदा प्रशासकिय अधिकृत भक्तिराम मरासीनीले प्रशासनमा उजुरी नआएको बताए ।

उनले भने उजुरी नपरेकोले बल्ल थाह पाईयो त्यस्तो कार्य रोक्न आन्दोलनमा गरिहेको गुल्मी उद्योग बाणिज्य संघ नै बढि जिम्मेवार हुने पर्दछ त्यतै भन्नुस् । ठाउँ ठाउँमा गस्तीमा रहेको प्रहरीले त्यसको निगरानी गर्न सके रोकिने तफ ध्यानकृष्ट गराउँदा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक भोलाबहादुर रावलले त्यसरी ठगिएकाहरुले तत्काल सुचित गर्न आग्रह गरेका छन् ।

बन्दका कारण आवत जावतमा समस्या आएको र प्रेट्रोलियम पदार्थको पनि अभाव भएको जनाईएको छ । संस्थागत रुपमा भने कालोवजारी नभएको दावि यातायत व्यवसायीहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend