साझा नेटवर्क
प्रेम सुनार, गुल्मी मंसिर १९ ।
अन्र्तराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीमा सन २०१५ को नवम्भर महिनाको तुलनामा सन २०१६को नवम्भर महिनामा बिदेशी पर्यटकको आगमनमा कमी आएको छ । लुम्बिनी बिकास कोष स्थित सूचनाशाखाले सार्बजनिक गरेको मासिक तथ्याँक अनुसार सन २०१५ को नवम्भरमा २२ हजार १६ जना बिदेशी पर्यटक लुम्बिनी भित्रिएता पनि यस बर्षको नोभेम्बरमा १९ हजार ९४ जना बिदेशी पर्यटक मात्र प्रवेश गरेको कारण बिदेशी पर्यटकको आगमनमा कमी आएको हो ।
बिदेशी पर्यटक घटे पछि कोषले सार्कराष्ट्रका नागरिक सँग एकसय र तेस्रो मुलुकका नागरिक सँग लिईदै आएको लुम्बिनी संरक्षण शुल्क पनि घटेको राजस्वशाखाले जनाएको छ । बिदेशी पर्यटकको आगमनमा कमी आए ता पनि यस बर्षको नवम्भर महिनामा श्रीलंकाले ६ हजार ८ सय ८६ जना थाईलैण्डले तीनहजार सात सय ५८ जना ,चाईनाले दुई हजार तीनसय ५९ जना,बढी पर्यटक पठाउने देशहरु मध्ये प्रथम,द्वतीय तृतीय र सान्तवना स्थान ओगटन सफल भएका छन ।
बुद्ध जन्मस्थल लुम्बिनीमा बाहय पर्यटक घटेता पनि गतबर्ष नवम्भर महिनाको तुलनामा यस बर्षको नवम्भर महिनामा आन्तरिक पर्यटक आगमनमा बृद्धि भएको तथ्याँक मा उल्लेख छ । सन २०१५को नवम्भर महिनामा १२ हजार सातसय ७८ जना मात्र भारतीय पर्यटकको लुम्बिनी आगमन भएको हुदा सन २०१६ को नवम्भर महिनामा २८ हजार दुईसय ३० जना ईण्डियन नागरिक लुम्बिनी आएको तथ्याँकमा बताइएको छ ।
यसै गरि आन्तरिक पर्यटक मध्येकै नेपाली पर्यटकको आगमनमा उत्तिकै बृद्धि भएको छ ।
गत बर्ष नवम्भरमा १२ हजार ३९ जना पर्यटक मात्र लुम्बिनी आएकोमा यस बर्ष नवम्भरमा एक लाख ६६ हजार दुईसय ७७ जना नेपाली पर्यटक लुम्बिनी दर्शन गरेको तथ्याँकमा उल्लेख रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend