साझा नेटवर्क
बिमल खड्का,बागलुङ मंसिर १८।
सरकारका परराष्ट्रि मन्त्री डा प्रकाशशरण महतले आफु देश बिकाश गर्ने तर्फ लागेको बताउनुभएको छ । बाग्लुङको बुर्तिबाङमा अयोजना गरिएको चौथो राष्ट्रिय प्रोफेशनल तेक्वादो आईटियफ कार्यक्रममा मन्त्रीले अहिले बिदेशबाट आउने सहयोगले नेपालको धेरै बिकास भएको बताउनुभयो ।
उहाँले भन्नुभयो अहिलेको बिदेशको सहयोगले बिकाशका निमार्णका काम चलिरहेकाले बिदेशबाट आउने सहयोग कसरी जुटाउन सकिन्छ र बिदेशी सम्बन्ध कसरी बिकशीत गरि देशलाई बिकाश तर्फ लान सकिन्छ भन्ने तिर आफनो ध्यान रहेको बताउनुभयो ।
सोहि अबसरमा मध्य पहाडी लोक मार्ग अन्तर्गत सबै भन्दा लामो मार्ग रहेको जिल्ला बाग्लुङ भएकाले यस लोक मार्गको काम सरकारले छिटो भन्दा छिटो काम सम्पन गनै पर्ने भएकाले सरकारमा आफु भएकाले पहल गर्ने बतानुभयो ।
बाग्लुङ जिल्लाको क्षेत्र नम्बर ३ मा बाढीले तहसनहस पारेको आफुले बुझेकाले यसलाई बाढी पिडित क्षेत्र घोषण गर्ने तर्फ आफुले पहल आश्बासन दिनुभएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend