logo
  • शनिबार, असोज १० २०८३

बाग्लुङको अधिकारीचौरमा पिकअप दुर्घटना, १ को मृत्य ३ घाईते


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

baglung-accबिमल खड्का, बागलुङ मङसिर १७ ।
बाग्लुङ जिल्लाको बोबाङ गाउँ बिकास समिति देखि बुर्तिबाङका लागी छुटेको घ १ च १६९ नम्बरको पिकप अधिकारीचौर ९ कोइराला भन्ने ठाउँमा दुर्घटना ग्रस्त हुदाँ चालकको घटना स्तलमा मृत्यु भएको छ ।

दुर्घटनामा ३ जना घाईते भएका छन । मृत्यु हुनेमा गुल्मी जिल्लाका जुनिया गाबिसका २३ बर्षका कृष्ण शाही रहेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख शिब राज क्षेत्रीले बताउनुभएको छ । घाईतेहुनेमा बाग्लुङ अधिकारीचौर ४ बस्ने २९ बर्षका ढालिन्द्र थापा बोहोरागाउँ गाबिस वडा नम्बर ६ बस्ने २३ बर्षका रबिन थापा सोहि गाबिस ९ का २२ बर्षका प्रकाश घर्ति मगर रहेको प्रहरीले बताएको छ ।

घाईतेहरुको उपचारका बुर्तिबाङ भईरहेको र एक जनाको अबस्था नाजुक रहेकाले थप उपचारका लागी पोखरा लग्न लागेको बताएको छ । चालकले मधिरा सेवन गरेर जीप चालाएका कारण दुर्घटना भएको घाईतले बताएका छन् ।

जीपको ब्रेकले पनि राम्रो सँग काम नगरेको यात्रुको भनाई छ । अधिकारीचौरको कोईलारा भन्ने ठाउँमा जीप सडक बाट ७० मिटर तल खसेको थियो । दुर्घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend