logo
  • शनिबार, असोज १० २०८३

रामेछापमा प्रस्तावित स्थानिय तह पुर्नसंरचनाको प्रतिवेदन फिर्ता


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

निरोज कुमार थापा, रामेछाप  मंसिर १४ ।
स्थानीय तह पुनसंरचना आयोगले रामेछाप जिल्लाको प्रस्तावित स्थानिय तह पुर्नसंरचना प्रतिवेदन फिर्ता गरेको छ । जिल्लामा स्थानिय तह निर्धारण गर्दा गाउँपालीको केन्द्र र अन्य बिषयमा उजुरी र गुनासो दर्ता भएको भन्दै आयोगले सच्याएर, विरोध नहुने गरि स्थानिय तह बनाउँन जिल्ला प्राविधिक समितिलाई निर्देशन दिएको छ ।

आयोगले जिल्ला प्राविधिक समिती र आयोगमा आएका निवेदन र गुनासा सम्बोधन हुने गरी अन्तिम रिपोर्ट बुझाउन तिन दिनको समय दिएको छ । रामेछापका स्थानीय विकास अधिकारी दिनेशराज पन्त संयोजक रहेको स्थानिय तह पुर्नसंरचना प्राविधिक समितीले रामेछापमा दुई नगरपालिका र ६ गाँउपालि सहितको स्थानिय तहको खाका आयोगमा पठाएको थियो ।

तर प्रस्तावित खाकामा असन्तुष्टि जनाउदै गोठगाउँ, खिम्ती, पकरबास लगायतका गाविसका नागरिकले विरोध सहित आयोगमा गुनासो दर्ता गराएका थिए । आयोगमा प्रस्तावित गाँउपालिकाको केन्द्र आयोगले तोकेको भौगोलिक मापदण्ड बिपरीत भएको गुनासो परेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend