logo
  • शनिबार, असोज १० २०८३

बागलुङमा शिक्षक अभिभावक मञ्चको गठन


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

बिमल खड्का, बागलुङ मंसिर १३।
बागलुङको खुँगा गाउँ विकास समितिमा शैक्षिक गतिविधि बारे नियमित अनुगमन गर्ने भन्दै आज गाविस स्तरिय शिक्षक अभिभावक मञ्च गठन गरिएको छ ।

प्लान ईन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा दलित शशक्तिकारण केन्द्र बागलुङले सञ्चालन गरेको समावेशि शिक्षा कार्यक्रम अन्तर्गत यस गाविसमा गाविस स्तरीय शिक्षक अभिभावक मञ्च गठन गरिएको हो ।

भेलाले श्याम कुमारी जिसीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ। सदस्यहरुमा बाल कुमारी अर्गेजा ,केशरी घर्ति नबिन अर्गेजा रुपा हर्मेल ,मनोज कुमार बिक धन बहादुर हर्मेल दुर्गा बहादुर थापा हिरा कुमारी गिरी मनदेबी बुढाथोकी र सदस्य सचिब तारा प्रसाद कडेल रहनुभएको छ ।

यसरी गठन गरिएको मञ्चले गुणस्तरिय सिकाईका लागि गाविस भित्रका शिक्षक, विद्यार्थी र अभिभावक विच समन्वय गर्ने दलित शसत्तिकरण केन्द्रका फिल्ड सुपरभाईजर गोपाल विश्वकर्माले जानकारी दिनुभएको छ ।

कार्यक्रममा स्रोतकेन्द्रका स्रोतव्यक्ति हरिचन पाण्डेले सहजीकरण गनुभएको थियो । कार्यक्रममा दलित शशक्तिकरण कार्यक्रम संयोज श्याम बिसीले कार्यक्रमको बारेमा प्रठ पानुभएको थियो । कार्यक्रम फिल्ड सुपर भाईजर गोपाल विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend