logo
  • शनिबार, असोज १० २०८३

बागलुङमा सडक बिस्तार, मापदण्ड विपरित बनेका घरहरु भत्काइयो


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

बिमल खड्का, बागलुङ  मंसिर १३। 
बागलुङमा मध्य पहाडी लोक मार्ग अन्तर्गत बिभिन्न ठाउमा सडक बिस्तार हुदै गर्दा सम्म ३० घर बिस्तापित भएका छन । जिल्ला प्रशासनले मध्य पहाडी लोकमार्गको सडकलाई पक्की गर्ने तयारी गरिरहेको बेला बाटोको मापदण्ड बिपरित बनेका घरहरु भत्काउन थालिएको छ।

सोहि मार्गमा बाटोको लम्बाई २५ मिटर हुनुपर्ने भन्दै घरहरु भत्काउन थालिएको छ मध्य पहाडी लोक मार्ग अन्र्तगत भिमगिठे ठुलाबेसी देखी बुर्तिबाङ सडक खण्डमा अहिले सम्म ३० घर बिस्तापति भएको ईन्जीनेयर सुनिल दुङगानाले बतानुभयो । अहिले १० मिटर बाटोको ट्रयाक बिस्तार गर्ने उदश्यले सागुरो बाटो तथा त्यो भन्दा भित्र पर्ने घरहरु भत्काउन लागिएको छ ।

जिल्ला पशासनले गत जेष्ठ महिनामा एक महिनाको समय दिएर बाटोको मापदण्ड बिपरित बनेका घरहरु भत्काउन सुचना निकालेको थियो । घरहरु भत्काउने सुचना निकाले पछि केहि महिना पछि भत्काउने भनेका घरका मालिक हरुले आफै घर भत्काउन थालेका छन । बोटो निमार्ण कार्य त्रिब रुपमा भई रहदा ठुला बेसी देखि बुर्तिबाङ सम्मका बाटोको मापदण्ड भित्र पर्ने घरहरु भत्काउन सुरु गरिएको छ ।

बाटोको आस पास रहेका र बाटोको मापदण्ड अनुुसार रहेका घरहरु भत्काउन थालिएको छ । जिल्ला पशासनले गत जेष्ठ महिनामा देखि मध्य पहाडी लोक मार्ग अन्र्तगत पक्कि सडक निर्माण गर्ने कार्य अगाडि बढाई रहेको कार्यलयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend