logo
  • शनिबार, असोज १० २०८३

नवलपरासीमा जीप दुर्घटना, एकै परिवारका ६ सहित ७ जनाको मृत्यु


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

काठमाडौं, मंसिर १२।
नवलपरासीको बुलिङ्टार गाबिस – ८ बतासमा गएराति जिप दुर्घटना हुदा ६ जनाको घटनास्थलमा नै मृत्यु भएको एक जना स्थिति एकदम सिरिएस रहेको उपचारको क्रममा बाटोमा ज्यान गएको बताए ।

बुलिङ्टार स्थित रहेको प्रहरी चौकी अनुसार दलदलेबाट हिजो राति डाँडाझेरी छरछरे हुदै जाँदै गरेको ग१ज ३६३२ नम्बरको जिप दुर्घटना हुँदा डाँडाझेरी छरछरेका २८ वर्षीय समन्ती बाचे, ५२ वर्षीय खिमबहादुर बाचे, ४२ वर्षीय लोकबहादुर बाचे, २२ वर्षीय दीपक फाल, ४० वर्षीय जयबहादुर बाचे, ४९ वर्षीय किशन बाचेको मृत्यु भएको छ।एक मृतकको सनाखत हुन सकेको छैन् ।

बुलिङ्टार चौकीमा गाउँको झगडाको विषयमा भएको घटनामा छलफल गरी फर्किएकाहरु दुर्घटनामा परेका हुन्। मान्छेको भीडमा जिपले ठक्कर दिँदा धेरैजना घाइते भएको र मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। जिप सडकबाट करिब २०० मिटर तल खसेको छ।

पहाडी भू–भाग भएकाले दुर्घटना लगत्तै घाइतेको उद्धार गर्न कठिनाइ भएको छ। आज बिहान घाइतेलाई चितवनको भरतपुर मेडिकल कलेज र नारायणी सामुदायिक अस्पतालमा ल्याइएको छ । मृतकको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा राखिएको छ।

एउटै गाउँका मान्छेहरु दुर्घटनामा परी ज्यान गुमाएपछि छरछरे गाउँ शोकमा डुबेको छ । मृत्यु हुने र घाइते हुने गरी गाउँका अधिकांश घरका मान्छे दुर्घटनामा परेका छन् । दुर्घटनामा जिप चालक समेत गम्भीर घाइते भएका छन् ।रासस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend