logo
  • शनिबार, असोज १० २०८३

सडक दुर्घटनामा ज्यान गुमाएका कार्कीको अन्तिम संस्कार गरियो


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिश शर्मा गैरे, गुल्मी मङ्सिर १०।
बुधबार पाल्पामा भएको सडक दुर्घटनामा ज्यान गुमाउनुभएका वामीका बसन्त कार्कीको शुक्रबार शास्त्रीय विधिअनुसार अन्तिम संस्कार गरिएको छ । उहाँको शव करिब २४ घण्टाको अवधिमा विहिबार बेलुकी पौने सात बजे उहाँको निवास वामी बसपार्कमा ल्याइएको थियो । उहाँको शुक्रबार शास्त्रिय बिधि अनुसार अन्तिम संस्कार गरिएको हो । शुक्रबार बिहान सात बजे वामी ९ सुदी वारी पट्टि अन्तिम संस्कारको लागि प्रस्थान गरिएको थियो ।
wp_20161125_012
उहाँको शबलाइ उहाँका सुपुत्र प्रकाश कार्कीले विधिअनुसार दागबत्ति दिनुभएको थियो । शवयात्रामा करिब एक हजार बराबर ब्यक्तिहरुको उपस्थिती रहेको थियो । अन्तिम संस्कारको दिन शुक्रबार बिभिन्न ब्यक्ति, राजनीतिक पार्टी तथा संघसंस्थाले उहाँँप्रति श्रद्धाञ्जली दिएका थिए । कार्यक्रममा बिभिन्न राजनीतिक दलहरुका जिल्ला देखी स्थानीय तहका नेताहरु, समाजसेवी, बुद्धिजिवि, शिक्षाप्रेमी, शिक्षक, बिद्यार्थी, पत्रकार, ब्यापारी लगायतको उपस्थिती रहेको थियो ।
wp_20161125_014
यसैबिच नेकपा माओबादी केन्द्रले पनि उहाँँको मृतात्माको चिर शान्ति र बैकुण्ठ बासको कामना सहित शोक सभा सम्पन्न गरेको छ । उहाँको निधनले आफ्नो पार्टी निकै मर्माहत भएको भन्दै शोक सभा सम्पन्न गरेको हो । शोकसभा पछि प्राप्त जानकारी अनुसार पार्टीले तिन दिन सम्म जिल्ला, इलाका तथा गाबिसमा रहेका पार्टी कार्यालयमा रहेका झण्डा आधा झुकाउने निर्णय गरेको छ । साथै तिन दिन सम्म पार्टीका कुनै पनि औपचारीक कार्यक्रम नगर्ने भनिएको छ ।

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्यहरु द्धोय ज्ञानकुमार थापा, अशोक थापा, इलाका नम्बर ९ का इन्चार्ज खुम बहादुर थापा, केन्द्रिय सदस्य सुरेन्द्र नेपाली, दलित मुक्ति मोर्चाका जिल्लाध्यक्ष धर्म बिक, वा.सि.एल जिल्ला सचिब गिरि महाकिम, नेकपा माओबादी जिल्ला सदस्यहरु गोबिन्द बिक, अखिल नेपाल शिक्षक संगठन गुल्मीका अध्यक्ष रामकृष्ण कंडेल लगायतको उपस्थिती रहेको थियो । अन्तिम संस्कारमा उपस्थितहरुको अनुहार पढ्दा सबैका अनुहारको रँग उडेको देखिन्थ्यो । सबैका आँखा आशुले अनि मन पिडाले भरिएका थिए ।

स्व. बसन्त कार्कीको शवमा नकपा माओबादी केन्द्रको झण्डा ओढाइएको थियो । उहाँ नेकपा माओबादी केन्द्र जिल्ला सदस्य तथा इलाका नम्बर ९का संयोजक पनि हुनुहुन्छ ।
स्व. कार्की, रुद्राबति बहुमुखी क्याम्पस वामीका सञ्चालक समितिका सदस्य, महेन्द्र आदर्श उमाबि वामीका शिक्षक अभिभाबहक संघका अध्यक्ष लगायत अन्य धेरै संस्थाहरुमा आबद्ध हुनुहुन्थ्यो । उहाँको निधनले वामी साच्ची नै शोकमा डुवेको छ ।

यसैबिच उक्त दुर्घटनामा परेर गम्भीर घाइते हुनुभएको महेन्द्र आदर्श उमाबि वामीका प्राचार्य भिमलाल सापकोटाको पनि स्वास्थ्य स्थितीमा सुधार भएको समाचार प्राप्त भएको छ । उहाँको अहिले काठमाण्डौमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend