साझा नेटवर्क
दिपेन्द्र श्रेष्ठ, अर्घाखाँची मंसिर ९।
मुलुकभर जबरजस्ती क्रिश्चियन धर्मको प्रचारत्मक क्रियाकलापको बिगबिगी बढिरहेका बेला अर्घाखाँचीमा केहि क्रिश्चियन धर्म प्रचारकहरुलाई मंगलबार दिउसो हिन्दू जागरण युवा संघ अर्घाखाँची र स्थानियहरुले नियन्त्रणमा लिई माफी मगाई छाडेका छन् ।
अशिक्षा, बेरोजगारी, गरिबी, नाबालिकपनको फाइदा उठाउदै अर्घाखाँची जिल्लाका अर्घातोष, भगवती मरेंग लगायतका क्षेत्रहरूमा धर्म परिवर्तन गराउदैँ लु ५ प ५३३३ नम्बरको साइन बाइकमा हिडेका धर्मका झोले ब्यापारी प्रचारकहरुलाई स्थानियहरुले आइन्दा यस्तो कार्य नर्गन चेतावनी दिएका छन् । उनीहरुले डलरको भरमा बिदेशी आयातित धर्मको प्रभाब बढिरहेको र सामजिक र सास्कृतिक बिकृति बढिरहेको हुदा यस्ता हिन्दुत्व बिरोधि प्रचारक समुहलाई जरैदेखि उजागर गर्नैपर्ने स्थानीय समाजसेबी नारायण प्रसाद पाण्डे बताउनुहुन्छ ।
क्रिश्चियनहरुले मुलुकभर विभिन्न लोभ लालच देखाई धर्म परिवर्तन गराउने खेल खेली रहेका छन्।धर्म परिवर्तनले देशको मौलिक सस्कृति नष्ट हुने,धार्मिक द्वन्द बढाउने र देशमा अशान्ति ल्याउने हुदा उक्त धर्म परिवर्तनकारीहरुलाई अंकुश लगाउनु हामीहरुको नै प्रमुख दाइत्त्व हो श्रेष्ठले बताउछन।
उनीहरुले गाउका सोझा साझा कतिपयलाई आर्थिक प्रलोभनमा समेत पारेर धर्म परिवर्तन गराउने गरेको पाइएको र सनातन देखि चली आएको हिन्दू धर्मलार्इ निमोठ्नेहरुको सास्कृतिक बाहुलयेता नष्ट गराउने चलखेल रहेको हुदा सबैलाई सचेत रहन हिन्दु जागरण युवा संघ जिल्ला कार्य समिति अर्घाखाँचीले अनुरोध गरेको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend