logo
  • शनिबार, असोज १० २०८३

पाल्पामा जिप दुर्घटना ११ घाईते ३ को अवस्था गम्भिर


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

गुल्मी,मसिंर ८ ।
पाल्पाको अर्गली ९ कमलपोखरीमा जिप दुर्घटना हुदा ११ जना घाईते भएका छन । घाईते मध्धे ३ जनाको अवस्था गम्भिर रहेको बताए । बुटवलबाट तम्घासका लागी छुटेको लु १ ज २४४८ नम्बरको जिप अचानक ब्रेक फेल भएर आज दिउसो साढे ४ बजे कमल पोखरी स्थित दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ ।

उक्त दुर्घटनामा मुसिकोट गाविसका ५२ बर्षका बसन्त बहादुर कार्की, धुर्कोट रजस्थल ४ निवासी बर्ष ३२ का प्रकाश कार्की,ठेगाना नखुलेका भिमलाल सापकोटा गम्भिर घाईते हुनुभएको छ ।

अन्य घाईते हुनेहरुमा धुर्कोट रजस्थल ७ निवासी बर्ष २६ का भरत केसी, हस्तिचौर ५ निवासी बर्ष ३० का पदम बहादुर थापा,मुसिकोट अमराई निवासी बर्ष २० का बिष्णु रायमाझी,रेसुङगा नगरपालिका बडा न ३ का बर्ष १९ का सोमलाल कुवंर,अमरपुर ७ निवासी बर्ष २६ का रामचन्द्र पराजुली,रेसुङगा नगरपालिका बडा न ५ निवासी बर्ष २३ का किरण कुवंर,नयागाउ ९ निवासी बर्ष २१ का सावित्रा पोखरेल,जैसिथोक बडा न ९ का बर्ष ४६ का राम बहादुर खत्री, रहनुभएको छ ।

घाईतेको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको छ । दुर्घटना स्थल अर्गली प्रहरी चौकी भन्दा २ किलोमिटर पश्चिममा पर्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend