logo
  • शनिबार, असोज १० २०८३

गुल्मीमा पहिलो महिला एलडियोद्धारा कार्यभार सुरु


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रेम सुनार, गुल्मी मंंसिर ७ ।
गुल्मी जिल्लाको ईतिहासमा पहिलो पटक महिला एलडियो अर्थात स्थानीय बिकाश अधिकारी भएर हिजो देखि कार्यभार सम्हालेकी छिन् । अर्घाखाँची डिभर्ना वडा नम्वर १ कि कल्पना श्रेष्ठलेले गुल्मीमा पहिलो महिला एलडियोको ईतिहाँस रच्न सफल भएकी हुन् । छिमेकी जिल्ला अर्घाखांचीको ठाडा–१ मा जन्मिएकी श्रेष्ठ यस अघि संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयको उपसचिव पदमा कार्यरत थिईन् । ldoडिभर्नाकै विजय मावि बाट एस . एल . सी पास गरेकस् श्रेष्ठले गुल्मीकै रेसुङगा क्याम्पसबाट आईए सम्म अध्ययन गरी थप अध्ययनका लागि काठमाण्डौ र विदेशका कलेजहरुमा गएकी थिईन् । श्रेष्ठ २०६२ साल पौष महिनमा लोकसेवा आयोग लडेर महिला तथा बालबालिका मन्त्रालयमा शाखा अधिकृतको नियुक्ति पाएकी थिईन् ।

त्यस पछि सामान्य प्रशासन मन्त्रालयमा समेत १३ महिना सम्म रहेकी श्रेष्ठलाई यहाँका कर्मचारीहरुले भव्य स्वागत गरेका छन् । यस अघि गुल्मीकै वासीन्दा स्थानीय विकाश अधिकारी डिलाराम पन्थी थिए । उनि अहिले सोही कार्यभार सम्हाल्न अछाम जिल्लामा सरुवा भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend