साझा नेटवर्क
अनिल खत्री, गुल्मी मंसिर ७ ।
गुल्मीमा रहेको नेपाली सेना गुरुगोरख गुल्म धागीथुम ब्यारेकले रेसुङ्गा नगरपालिका–७ कुँडापानीमा रहेको अर्जुन प्राथामिक विद्यालयको भवन निर्माणमा सहयोग गरेको छ । गत असारमा अविरल वर्षा संगै आएको बाढि पहिरोले निर्माणधिन अवस्थामा रहेको भवनलाई बगाए दिए पछि पुर्ननिर्माणमा सहयोग गर्दै आएको छ । विद्यालयमा शान्ति तथा पुनर्निमाण मन्त्रालयबाट ८ लाख परेता पनि वर्षमा २ लाखका दरले रकम आउने गर्दछ ।

आ.वा. २०७१÷०७२ मा २ लाख र त्यस पछिको आर्थिक वर्षमा २ लाख गरी ४ लाख मुल्य वरावरको ६ कोठे भवनको निर्माण कार्य भईरहेको बेला गएको असार महिनामा आएको अविरल वर्षाले बगाई विद्यायल सम्म आउने बाटो र पुरानो भौतिक संरचना समेत क्षति पुराई दिए पछि वालवालिकाहरु विद्यालय आउन समेत नसक्ने अवस्थामा पुगेका थिए । बिद्यालयमा विपद् आई परेपछि तत्कालिन प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँणेलले सुरक्षा निकाय र अन्य कार्यालय प्रमुख सहित सो बिद्यालष्मा पुगेर अवलोकन पछी नेपाली सेनालाई आग्रह गरे अनुरुप सेनाले जनशक्ती दिने निर्णय गरेको गुल्मपति सेनानी महेन्द्रकुमार पुनले बताए ।
विद्यालयमा भएको एक समारोहमा गुल्मी जिल्लाका सवै राजनैतिक दलहरुको तर्फबाट बोल्दै नेकपा एमालेका जिल्ला सचिवालय सदस्य कृष्ण सुनारले पनि यहाँका सवै राजनैतिक दलहरुको तर्फबाट नेपाली सेना गुरुगोरख गुल्मप्रति आभार प्रकट गरे । विद्यालयको वार्षिकोत्सवको आवसमा नेपाली सेनाले त्यस विद्यालय भवनको एक तला ढलान गर्दै थियो । वार्षिकोत्सव समारोहमा वोल्ने अधिकांस वक्ताले नेपाली सेनाको खुलेर प्रशंसा गर्दै कृतज्ञता जाहेर गरका थिए ।
स्थानियले नेपाली सेना गुरुखोरख गुल्म र भवन निर्माणमा नेतृत्व गर्नुभएका गुल्मपति पुनलाई विद्यालय निर्माणमा जुटेर स्थानियवासीलाई लगाएको ऋण कहिल्लै तिर्न नसकिने बताउछन् । गुल्मीमै रहेको कालिगण्डकी कोरिडोरमा पनि नेपाली सेनाले जनताको मन जित्ने गरी काम गर्दै आएको छ । अव केहि दिनमा तम्घास देखि प्युठान सम्म जोड्ने केकुली भिरमा पनि नेपाली सेनाको टिमले सड्क र्मिाण कार्यमा जुट्दै छ ।
मन्त्रालयबाट प्राप्त ८ लाख, जिल्ला शिक्षा कार्यालयबाट डेढ लाख, निर्माण सामग्री चन्दादाताबाट करिव दुई लाख वरावरको र हाल सम्म ४६ हजार नगद सहयोग संकलन भएको त्यस विद्यालयकी प्रधानध्यापक कविता खनाल ज्ञवालीले बताइन । करिव ५० लाख लागतमा निर्माण हुने ६ कोठे भवनमा नेपाली सेना गुरुगोरख गुल्मले करिव ३ लाख रुपैयाँ वरावरको जनशक्ती परिचालन गरेको छ ।
गुल्मीमै रहेको सशस्त्र प्रहरी वल, नेपाल प्रहरी, यहाँका संघ संस्था र व्यक्तिहरुले पनि आर्थिक र निर्माण सामग्री सहयोग गरेर निर्माण गर्न लागिएको प्रधानध्यापक ज्ञवालीले बताइन । विद्यालय व्यवस्थापन समिति अध्यक्ष खडानन्द पाण्डेका अनुसार नेपाली सेनाले काम नगरेको भए विद्यालय निर्माण गर्न आफुहरुले कुनै पनि हालतमा नसकीने बताए । पाण्डेयले सुरक्षाकर्मीबाट भएको सहयोग आफुहरुका लागि ठुलो भएको बताउँदै सिङ्गो नेपाली सेना प्रति कृतज्ञता जाहेर गरे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend