logo
  • शनिबार, साउन ९ २०८३

बागलुङको आधारभुत विधालयले विश्व बाल अधिकार दिवस मनायो


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

बिमल खड्का, बागलुङ मंसिर ६।
बागलुङ जिल्लाको बुर्तिबाङ गाबिस अन्तर्गत रहेको अर्नाकोट आधारभूत विद्यालय खलबाङ, बिद्यालयमा गठन भएको प्रगतिशिल बाल क्लबले पनि आज विश्व बाल दिवस मनाएको छ ।

कार्यक्रममा साना बालबालिका भावि देशका कर्णधार हुन् ,उनीहरुको पढ्न पाठन,पोषण, स्वास्थ्य,शिक्षा,मनोरञ्जन लगायत चौचर्फि विकास जस्ता कार्यक्रममा बिद्याथीलाई सहभागि बनाउनु पर्छ भन्ने सान्दर्भिक सन्देश सहित प्रभातफेरी कार्यक्रम गरि मनाईएको छ ।

कार्यक्रमका अवसरमा बाल अधिकारको संरक्षणको आधार भोलिको देश विकासको पुर्बाधार विषयमा बक्तृत्व कला प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा आधारभूत तहका १३ जना विद्यार्थी भागलिएका थिए।जस अन्र्तगत कक्षा ७ की सुनिता कुँवर प्रथम, कक्षा ८ की ढालमाया बुढा, द्धितीय र कक्षा ८ का सचिन दर्जी सान्त्वना भएका छन ।

कार्यक्रममा शिक्षकहरु मनिकला गौतम, टेकमाया बुढा र लिला खत्रीको सहजीकरण रहेको थियो भने कार्यक्रम प्रगतिशिल बाल क्लबकी अध्यक्ष ढालमाया बुढाको अध्यक्षता,बिद्यालयका प्रअ घन बहादुर महतको प्रमुख आतिथ्यता र बाल क्लबका सचिब तुफान महतको  सञ्चालनमा  कार्यक्रमको सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend