logo
  • शनिबार, साउन ९ २०८३

जनमुक्ति मञ्च कतारको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

राम किरण तामाङ, कतार ।
राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संगठन जनमुक्ति मन्च कतारको गत बिहिवार मिति १७÷११÷२०१६ का दिन सनैया स्थित फरच्युन रेष्टुरेण्टमा मञ्चका अध्यक्ष राज खम्बु (खालिङ राई) ज्यूको अध्यक्षता, तथा बरिष्ठ सल्लाहकार महेन्द्र थापा मगर र सल्लाहकार सदस्य डि.बि. थापा मगरको आतिथ्यमा सचिव अमृत गन्धर्वको सञ्चालनमा “कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम” मञ्चका समर्थक तथा शुभचिन्तकहरुको माझमा सम्पन्न भएको थियो ।
p1030678उपस्थित सदस्यहरुमा परिचयात्मक कार्यक्रमवाट शुरु भएको उक्त, प्रशिक्षण कार्यक्रमको प्रशिक्षक राष्ट्रिय जनमुक्ति पाटीको रुपन्देही युवा मोर्चाको दुई कार्यकालका पुर्व अध्यक्ष, लुम्वीनी राज्य परिषद युवा पुर्व अध्यक्ष र रुपन्देही क्षेत्र नं. २ को पार्टी पुर्व अध्यक्ष पार्टी दल ब. थापा मगर (मनन थापा मगर) हुनुहुन्थ्यो ।
p1030675कार्यक्रममा उपस्थित महानुभावहरुमा धन्यवाद सहित मन्तब्यवाट कोषाध्यक्ष बुद्ध घर्ति मगरवाट स्वागत गर्नु भएको थियो भने कार्यक्रम पुर्ण सफलताको कामना गर्दै सल्लाहकार महेन्द्र थापामगरले शुभकामना दिनु हुदै “पहिचान सहितको संघीयता र जातीय समानुपातिक प्रतिनिधित्वको सुनिश्चित्ता, भ्रष्टाचारको अन्त्य र समृद्ध नेपालको निर्माण हाम्रो प्रतिबद्धता, “भन्ने नारालाई आत्म साथ गर्दै नेपाल बहुजातीय ,बहुभाषिक ,बहुधार्मिक र बहु साँस्कृतिक मुलुक भएकोले आजसम्मको राजनैतिक ब्यवस्थाले बहुसंख्यक रुपमा रहेका आदिवासी जनजाति, उत्पिडित, दलित, मुस्लिम, अल्पसंख्यक एवं पछौटाईएका समुदाय र महिलाहरुलाई राज्यको निति निर्माणमा सहभागी नगराएको भन्दै हालसम्मको राजनैतिक परिवर्तनवाट संविधान र ऐन कानुनमा कागजी रुपमा भेदभाव कम गरिएता पनि ब्यवहारमा जातिय/लैंगिक/क्षेत्रिय/धार्मिक भेदभाव, शोषण र उत्पीडनमा राखेको मा गहिरो खेद प्रकट गर्नु भएको थियो ।

प्रशिक्षक डि.बि. थापा मगरवाट राजनिति के हो ? किन गर्नु पर्छ ? सरकार÷सत्ता भन्नाले के बुझिन्छ ! सरकार/सत्ता मा रहेकाहरुवाट निति निर्माण, सुरक्षा, न्यायपालिका र कार्यपालिकाको बारेमा स्पष्ट पार्नु भएको थियो । यसरी नै आदिवासी ÷जनजाति तथा दलितहरुको बिकाशक्रम, यसको भुमिका र बर्तमान सत्तामा भएको के कति अधिकारहरु रहेको छ भन्ने वारेमा र आई. एल. ओ. १६९ को वारेमा खुलस्त रुपमा बर्णन गर्नु भएको थियो । प्रशिक्षणको क्रममा थापाले बर्तमान संविधानले आदिवासी जनजाती, दलित, मधेशी, महिला, सीमान्त कृतहरुलाई अधिकारबाट बन्चित गरेकोले संविधान पुनर्लेखन गरिनुपर्ने कुरामा जोड दिनुभएको थियो ।

भने राष्ट्रिय जनमुक्ति पार्टी को स्थापना, बहुजातीय लोकतन्त्र, समाजवाद, पार्टी को निर्देशक सिद्धान्त अनि बहुजातीय लोकतन्त्र जातीयमुक्ति, वर्गीयमुक्तिको बारेमा प्रष्ट पार्नु भएको थियो । पार्टिको मार्गनिर्देशक सिद्धान्त जनमुक्ति विचारधारालाई आत्म साथ गर्दै पहिचान सहितको संघीयता र जातीय समानुपातिक प्रतिनिधित्वको सुनिश्चित्ता , राष्ट्रिय एकता, स्थायी शान्ति र दिगो विकाशको आधार, जातिय समानुपातिक प्रतिनिधित्व र संघात्मक सरकारको मुल मन्त्र सहित संघिय लोकतान्त्रिक गणतन्त्र नेपालमा बहुजातिय लोकतान्त्रिक समाजवाद स्थापनाको लक्ष्य राखि यस पार्टि अगाढी बढिरेहको बताउनु भयो । उहांले पार्टिको उद्येश्य, पार्टीको घोषणा पत्र, आचारसंहिता र विधानको वारेमा खुलस्त पार्नु भएको थियो ।

अन्तमा, उपस्थित सदस्यज्युहरुलाई हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दै दोहाको हरेक स्थानवाट जनमुक्ति कामी अभियान चलाउनका लागि आग्रह गर्दै सभापतिज्युले कार्यक्रमको अन्त्य गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend