logo
  • शनिबार, असोज १० २०८३

मकवानपुरमा गाडी दुर्घटना, दुईको मृत्यु तीन घाइते


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

मकवानपुर, मंसिर ४ ।
काठमाडौंबाट हेटौडातर्फ जाँदै गरेको बा.३ च ९२८९ को प्राईभेट टाटा भ्यान आज बिहाना मकवानपुरको भीमफेदीको जुरखेतको भीरमा दुर्घटना हुदा १ जनाको घटनास्थल मै मृत्यु भएको र एक जना सिरियस अबस्था रहेको उपचारको क्रममा एम्बुलेन्स मार्फत हेटौडा लैजादै बाटोमा मृत्यु भएको र मृतकको संख्या दुई पुगेको प्रहरीले जानकारी गराएको बताए । accident-kamal-2तिन जना घाइते भएका छन् भने घाईतेहरुलाई उपचारका लागि हेटौडा पठाइएको गाडी सडक देखि करिब दुईसय मिटर तल खसेको थियो भने उक्त गाडीमा पाँचजना सवार रहेको बताए ।accident-kamal-4आज बिहान हेटौडाबाट भीमफेदीको बाटो हुँदै काठमाडौं आइरहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले भीमफेदीको जुरखेतमा आइपुग्दा एउटा टाटा गाडी भीरबाट तल खसेको हल्ला चल्यको थाहा पाए पछि उक्त नजिकै रहेको चिया पसलमा पनि गाडी रोकी बुझने क्रममा गाडी खस्यो भन्दै मानिसहरु कराइरहेका सुने पछि उक्त घटनास्थलमा आइपुग्दा यस्तो खबर सुन्नासाथ अध्यक्ष थापाले गाडी रोकेर साथमा रहेका उहाँका सुरक्षाकर्मीलाई उद्धारमा खटिन निर्देशन दिनुभएको बताए ।accident-kamal-5स्वयंम आफैं पनि भीरमा पीडितको उद्धारका लागि अघि बढ्नु भएको केहि समय पश्च्यात । केही स्थानीयवासी र अन्य यात्रुहरुको सहयोगमा घाइतेहरुको उद्धारमा घटना स्थानमा पुग्न सफल रहेको बताए । उक्त घटना स्थलबाट एक व्यक्तिलाई मृत अवस्थामा निकालियो ।accident-kamal-4एक जनाको टाउकोबाट भल्भली रगत बगिरहेको अवस्थामा उद्धार गरियोको । अध्यक्ष थापाले पनि घाइतेहरुलाई बोकी सडक सम्म ल्याउनमा सहयोग गर्नु भएको बताए। उक्त गाडीमा एकजना ६\७ वर्षकी वालिका गाडीबाट उछिट्टिएर बाँचेकी रहिछन् । उनी मेरा बाबामम्मी खोई भनेर चिच्याइरहेकी थिइन् ।kamal-thapaअध्यक्ष थापाले नजिकै रहेको प्रहरी कार्यालयबाट सुरक्षाकर्मीहरु तत्काल बोलाई गाडी चालक अनि वालिकालाई एम्बुलेन्समा हालेर हेटौडा अस्पताल पठाएको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend