साझा नेटवर्क
अनिश शर्मा गैरे/प्रकाश घिमिरे, गुल्मी मङ्सिर २।
बाग्लुङको ग्वालीचौरमा पश्चिमाञ्चल बिकास क्षेत्रकै ठुलो स्थानीय पर्व अर्थात न्वागी मेलाको सम्पुर्ण तयारी पुरा भएको छ । भोलीबाट शुरु हुन गइरहेको कार्यक्रमका ब्यबस्थापकिय लगायत सम्पुर्ण पक्षहरुको तयारी पुरा भएको आयोजकले जानकारी दिनु भएको छ ।
कार्यक्रममा प्रस्तुत हुने सोरठी भैलोको आज औपचारीक रुपमा ग्वालीचौर १ न्वारमा कार्यक्रमका संयोजक कलाधर घिमिरे, तथा भैलो संयोजक तिर्थमणि भुषालले उदघाटन गर्नुभएको कोषाध्यक्ष प्रदिप खरेलले जानकारी दिनुभयो । कार्यक्रममा बाग्लुङ्का प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले समुद्धाघाटन गर्नुहुने भएको छ । आगामी मँसिर ३ गतेदेखी ६ गते सम्म सञ्चालन हुने उक्त मेलाको प्रमुख आकर्षणको रुपमा प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले सम्बोधन गर्नुहुने भएको बताइएको छ । त्यसैगरी कार्यक्रममा स्थानीय बिकास अधिकारी राम प्रसाद आचार्यको बिशेष आतिथ्यता रहने बताइएको छ ।
यस्तै स्थानीयहरुले न्वागी खाने समय मँसिर ३ गते, दिउँसो २ बजेर २ जाँदा दक्षिण दिशा तर्फ उत्तम रहेको न्वागी मेला ब्यबस्थापन समितिका सचिब बिष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो । यस महोसबलाई पौदी बासीहरुले त्यस क्षेत्रकै पर्वको रुपमा मनाउने गर्दछन । महोत्सबमा लाखौको कारोबार हुने गरेको छ । त्यस क्षेत्रका उत्पादनहरुको प्रबद्र्धन तथा प्रोत्साहन गर्ने उद्धेश्यका साथ कृषि मेला प्रदर्शनी गर्ने गरिन्छ ।
कृषकहरुले उत्पादन गरेका नगदे, हिउदे, खाद्यान्न, बेमौसमी लगायतका कृषिप्रदर्शनी हरु प्रदर्शन गरेवापत कृषकहरुलाई सम्मान गर्ने गरिएको पौदी न्वागी मेला ब्यबस्थापन समितिका सचिब बिष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो । स्थानीयका अनुसार त्यस क्षेत्रमा उत्पादन हुने जर्डन प्रजातीको धानलाई दहिमा भिजाई, केरा, सिलाम, चिनी राखी स्पादिष्ट न्वागी बनाई खेत भएका र नभएका दुबैले खाने गरेका छन ।
खेत भएका हरुले खेत नभएकाहरुलाई पनि निम्ता गर्छन भने आफना आफन्त, ईष्टमित्रलाई पनि न्वागी खुवाउने प्रचलन रहेको छ । दशकौ देखी त्यस क्षेत्रमा न्वागी खाने मेला लाग्ने गरेको छ । परापुर्व कालमा स्थानीय हरुले बाजा गाँजा बजाउने, भैलो तथा सोरठी गाएर मनाउने गरिएको यस पर्वलाई आजकल आधुनिकताले छोपेको बुढापाकाहले गुनासो गर्ने गरेका छन । मेलाको अबसरमा बिभिन्न खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरु सम्पन्न हुने गरेका छन ।
यस बर्ष पनि बिभिन्न खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना हुने आयोजकले जनाएको छ । महोत्सबमा खुल्ला भलिबल प्रतियोगीता, लोकगित तथा नृत्य प्रतियोगिता, खुल्ला लोकदोहोरी प्रतियोगिता, खुल्ला रेकड डान्स, अन्तर आमा समुह स्तरिय म्यूजिकल चियर प्रतियोगिता, लगायत कृर्षी ब्यवसायी द्धारा उत्पादित कृर्षीजन्य बस्तुको मुल्याड़कन गरी नगद तथा प्रमाणपत्र बितरण गरीने मेला आयोजक समितिका सचिब आचार्यले जानकारी दिनुभएको छ ।
त्यसैगरी कार्यक्रममा राष्ट्रिय तथा स्थानिय स्तरका लोकदोहोरी ,आधुनिक, तथा हास्यकलाकारको बोजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । ग्वालीचौरको खार बजारमा आयोजना गरिने प्रशिद्ध न्वागी पर्व बागलुङको ग्वालिचौर, जलजला, दगातुंडाँडा तथा गुल्मीको पौँदी अमराई, नेटा, दोहोली आदि गाविसहरुका जनताहरुको व्यापक सहभागिता रहने भएपनि यो न्वागी पर्व (मेला) बागलुङ र गुल्मी जिल्लाको मात्र नभएर नेपालको पश्चिम क्षत्रकै महत्वपूर्ण पर्वको रुपमा स्थापित भएको छ ।
परापूर्वकाल देखी स्थानीयहरुले बाजागाजा, भैलो तथा सोरठी लगायतका विभिन्न लोकसँस्कृतिको जगेर्ना गर्दै मनाउने गरिएको यस पर्वमा आफनो जग्गा नहुनेहरुले पनि जडन चामलको न्वागी खाएर न्वागी पर्व मनाउने गर्छन । यस अवसारमा आफना छरछिमेकी नातापाता र ईष्टमित्रहरुलाई निम्ता गरेर न्वागी खुवाएर भोजभतेर गर्ने चलन रहेको छ । यो न्वागी पर्व बागलुङ, गुल्मी, प्यूठान, गोरखा, लगायत देशका बिभिन्न भागहरुमा पनि मनाईने गरिन्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend