साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी जेठ १५ ।
आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । २०६५ सालमा आजकै दिन संविधानसभाको पहिलो बैठकबाट नेपाललाई लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको सूचीमा राखिएको सम्झनामा दिवस मनाउन थालिएको हो ।

२०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो ऐतिहासिक बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरेको ८ वर्ष पूरा भएको छ । नवौँ गणतन्त्र दिवसका अवसरमा आज देश विदेशमा विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदैछ । गुल्मीमा संयोग नै भन्नुपर्छ लोकदोहरी प्रतिष्ठानको जिल्ला अधिवेशनले नेपालभरका कलाकारको उपस्थिती र रमाइलोले यो दिवस अझ रोमाञ्चक बनेको थियो ।

३ दिने कार्यक्रम अन्तरगत शुक्रबार बिहान सदरमुकामका सरसफाई, महिलामैत्री फुटवल तथा बक्तृत्वकला प्रतियोगीता सम्पन्न भएका छन् । शनिबार बिहान जिल्लाका कार्यालय प्रमुखहरु, राजनीतिकर्मीहरु, कलाकार, विभिन्न संघ संस्थाका प्रमुखहरुको सहभागीतामा गीत संगीतको माध्यम द्धारा प्रभातफेरी सम्पन्न गरिएको छ ।

नेपालको राजनीतिक विकासक्रममा गणतन्त्रलाई अहिलेसम्मकै अग्रगामी उपलब्धिको रूपमा लिइन्छ । पहिलेका गणतन्त्र दिवसहरुको भन्दा संविधान घोषणा भएपछिको यो दिवसको रैनाक र सर्वसाधरणहरुको खुसीयाली फरक रहेको थियो । प्रभातफेरी पछि बालमन्दिरमा भएको मञ्चिय कार्यक्रममा बोल्ले अधिकांशले संविधानको सफल कार्यान्वयनको शुभेच्छा प्रकट गरेका थिए ।

कार्यक्रममा जिल्ला न्याधिस मातृका प्रसाद मरासिनी, प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेल, कांग्रेसका थम्मन केशी, एमालेका मधुकृष्ण पन्थी, नेकपा माओवादी केन्द्रका बुद्धि जिसी, राप्रपाका टोप बहादुर खत्री, जनमोर्चाका कमल अर्याल, परिवारदलका पशुपती पाण्डेय, अखण्ड नेपालका नेत्र बस्नेत, स्थानीयक विकास अधिकारी डिलाराम पन्थी, प्रहरी उपरिक्षक भोला रावल, गुल्मपती महेन्द्र मल्ल लगायत विभिन्न कार्यालयका प्रमुख प्रतिनिधीको उपस्थिती रहेको थियो ।

राजनीति शास्त्रीहरूका अनुसार, यस अवधिमा धेरै ठूला राजनीतिक उपलब्धि भएका छन् र चुनौती पनि उत्तिकै छन् । गणतन्त्र घोषणापछि संविधानसभाबाट नेपालको संविधान जारी भई कार्यान्वयनको चरणमा छ ।
राजनीतिक प्रणाली परिवर्तन भयो तर राजनीति गर्नेको नैतिकता, इमानदारी, संस्कार र संस्कृति, राजनीतिक व्यवहार र कार्यशैलीमा परिवर्तन नआएको भन्द जनमानसमा आलोचना भइरहेको छ । संविधान जारी भएपछि कस्तो रह्यो त गुल्मीका गणतन्त्र दिवस ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend