साझा नेटवर्क
प्रेम सुनार, गुल्मी कार्तिक २९ ।
ग्रामिण भेग सम्म यातायतको सुविधा पुग्न थालेपछि धान परालको भारी बोक्न छाडे धेरै कृषकहरुले । ट्याक्टर मगायो वेसीबाट केहि छिनमै एकैचोटी घर पुग्छ धान परालको भारी । त्यस्तै विगतमा सकी नसी डोकामा विभिन्न गाउँबाट तरकारी र फलफुहरु बेच्न सदरमुकाम तम्घासमो बोकेर आउँथे कृषकहरु तर आजकल डोकोमा तरकारी र फुल राख्ने आनि मोटर साईकलमा राखेर ल्याउने गर्न थालिएको छ ।
यति वेला सुन्तलाको सिजन छ । गाउँ गाउँबाट सुन्तला खरिद गर्दैै सदरमुकाममा थोक विक्रि गर्नको भ्याईनभ्याई छ व्यापारिहरुलाई त्यसैले मोटरसाईकलको दुई तिर दुईबाटा डोका अटाउने फलामको क्यारी बनाएर उति खेरैनयाँगाउँ पिलधारा लगायतका सुन्तला पकेट गाउँबाट सुन्तला ओसारिदै गरिएको छ ।
यसरी आधुकि सुविधा र परम्परागत सुविधाको संयोजनमा भएको यो प्रयोगलाई कतिपयले अनौठो र राम्रो पनि मानेका छन् । अव केही वर्ष पछि प्राय सवै ग्रामिण भेग सम्मका कृषकहरुले अव टाउँकोमा डोको नाम्लो बोक्ने छैनन् । ताकि मोटरसाईकलले डोको नाम्लो बोकी दिने छ ।
तस्वीर : सोमवार दिउँसो तम्घासको सहितचोकमा सुन्तला बेचेर फर्किदै गरेका एकजना फलफुल व्यापारी ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend