logo
  • शनिबार, असोज १० २०८३

गुल्मी वामीको गतिलो गुण : बन्द हड्ताल कहिल्यै हुँदैन


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिश शर्मा गैरे गुल्मी,कार्तिक २९।
आइतबार नेकपा माओबादी बिप्लभ नेतृत्वले गरेको बन्दका कारण देश भरीको जनजीवन प्रभावित बन्यो । कति ठाँउमा कार्यकताहरु पक्राउ परे । बन्दले गर्दा लामो तथा छोटा दुरीका सवारी साधन चल्न नस्कदा स्थानियहरुलाई गन्तव्य स्थानमा पुुग्न निकै समस्या भयो, केही त आफ्नो गन्तब्य मै पुग्न सकेनन ।

त्यसैगरी व्यबसाय गर्दै आएका व्यापारिहरुले पनि आफनो व्यबसायिक बन्द गरेका छन । बैक तथा बितिय संस्था सरकारी तथा निजी बिद्यालयहरु पनि बन्द भएका छन । यसरी बन्द हुदाँ स्थानिय तथा बिद्यार्थीकोे शिक्षामा थप असर पर्ने बताएको छ । बन्द हुदाँ थप समस्या श्रम गरेर आफनो जिवीका चलाउनेहरुलाई समस्या परेको छ । तर वामीको एउटा गतिलो गुण छ, त्यो हो यहाँका कहिल्यै पनि बन्द तथा हड्तालका कार्यक्रमहरु हुँदैनन ।

यहाँका राजनीतिक दलहरुले बन्दलाइ सधैका लागि बन्द गरेको हुनाले यहाँ बन्दका कार्यक्रमहरु हुँदैनन । सोही अनुसार आज कुनै प्रभाब परेन वामीमा । सवारी साधन सहज रुपमा चले, बिद्यार्थी सहज रुपमा बिद्यालय गए, शिक्षकले पढाए, ब्यबसायीहरुले ब्यबसाय सहज रुपमा सञ्चालन गरे, बैंकहरुपनि खुले आनन्दीत बाताबरणमा । स्थानीयहरुलाइ बन्दको कुनै मतलब नै भएन । वामीको यो गतिलो गुण बनेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend