logo
  • शुक्रबार, असोज ९ २०८३

देवकोटा चोकमा महाकविलाई सम्मान


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

lakshmi-prasad-devkota1नरेश के.सी भैरहवा, कार्तिक ३० ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औँ जयन्ती समारोहको अवसरमा भैरहवाको देवकोटाचोकमा महाकवि देवकोटाको पूर्ण कदको प्रतिमाको अनावरण भएको छ ।साढे ६ फुट उचाई, करिब २ क्विन्टल तौल सहित ढलोटको पूर्ण कदको महाकविको प्रतिमाको शनिबार प्राज्ञ बूँद रानाले अनावरण गरेका हुन् ।

निर्माणमा साढे ८ लाख अन्य लेखोट, सजावट, मार्बल, लेबर गरेर कुल १२ लाखको हाराहारीमा लागत खर्च भएको थियो । सिद्धार्थ साहित्य परिषदद्वारा निर्माण भएको उक्त शालिकले नगरको सौन्दर्य बढाउने मात्रै नभएर महाकवि प्रति सम्मान पनि व्यक्त गरेको परिषदका अध्यक्ष डिल्लीराज भट्टराईले जनाए ।

देवकोटा र सिद्धार्थ सम्मान समर्पण
महाकवि देवकोटाको शालिक अनावरण पश्चात भैरहवामा औपाचारिक कार्यक्रम समेत सम्पन्न भएको छ । सिद्धार्थ साहित्य परिषका अध्यक्ष डिल्लीराज भट्टराइको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न व्यक्तित्वलाई देवकोटा सम्मान समर्पण गरिएको थियो ।

सो अवसरमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकाल, आजिवन सदस्य विजय पाण्डे, आजिवन सदस्य मोहनलाल भण्डारी र सल्लाहकार भरतकुमार पोखरेललाइ देवकोटा सम्मान समर्पण गरिएको थियो । यसैगरी सोही अवसरमा पर्यटन कार्यलय भैरहवाका प्रमुख ख्याम बहादुर थापा, लुम्बिनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष हिमलाल ज्ञवाली, इन्जिनियर चन्द्रभक्त श्रेष्ठ, आजिवन सदस्य नारायण प्रसाद सापकोटा, नारि स्रष्टा गंगा लिगल , स्रष्टा नरेन्द्र भण्डारी, मूर्तिकारत्रय यम बहादुर थापा, नरेन्द्र भण्डारी र भुवन थापालाइ सिद्धार्थ साहित्य सम्मान समर्पण गरिएको संस्थाका सचिब नरेश के.सीले जनाए । सोही अवसरमा सकला सिद्धार्थ साहित्य वाङमय पुरस्कार पात्र कथा संग्रहका निमित्त कथाकार रुद्र ज्ञवालीलाइ प्रदान गरिएको थियो । कार्यक्रममा हुमकान्त पाण्डेले देवकोटाको जीवनीबारे प्रकाश पारेका थिए ।

परिषदका अध्यक्ष डिल्लीराज भट्टराइको अध्यक्षता तथा उपाध्यक्ष एवं कार्यक्रम संयोजक राम बहादुर श्रेष्ठको स्वागतमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ बुंद राना, मूल्यांकन समितीका संयोजक बालकृष्ण भट्टराई, प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकाल, एसएसपी शेरबहादुर बस्नेत, प्रा.डा कपिल लामिछाने, विजय सागर समाजसेवी ओमकार गौचन, धर्मराज श्रेष्ठ, विजय पाण्डे, भरत कुमार पोखरेल, वनमाली निराकार, देवेन्द्र घिमिरे, महाराज कोइराला लगायतले देवकोटाको बारेमा चर्चा गर्दै परिषदको पहलमा महाकविको प्रतिमा स्थापना हुनु महत्वपुर्ण भएको बताएका थिए ।

संस्थाका सचिव नरेश के.सी र रुद्र ज्ञवालीको संचालनमा सम्पन्न उक्त कार्यक्रममा समाजसेवी ओमकार गौचनले आफ्नो बुबा आमाको स्मृतिमा १ लाख ५१ हजारको अक्षयकोष राख्ने घोषणा गरेका थिए ।

कसरी भयो देवकोटा चोक
२०४३ साल देवकोटा जयन्तीको अवसरमा भैरहवामा देवकोटा जयन्तीमा सहभागी हुन आम नगरबासीलाई आह्वान गर्दै नगरभरी माइकिङ गर्ने क्रममा तत्कालिन नयाँ चौराहा जहाँ पञ्चायतको २५ वर्ष पुगेको अवसरमा पञ्चायत रजत स्तम्भ निर्माण हुँदै थियो । सोही ठाउँबाट माइकिङ गर्दैगर्दाको अवस्थामा विजय पाण्डे र मोहनलाल भण्डारीलाई प्रहरी प्रशासनले गिरफ्तार गरेको थियो । गिरफ्तार भएका व्यक्तिहरुलाई छुटाउन जाँदा सिद्धार्थ साहित्य परिषद्का तत्कालीन अध्यक्ष बूँद रानालाई समेत प्रहरीले अभद्र व्यवहार गरेको थियो ।

पछि २०४७ सालमा सिद्धार्थ साहित्य परिषद्को अधिवेशन र साधारण सभाले उक्त नयाँ चौराहालाई देवकोटाचोक नामकरण गर्ने सो स्थानमा देवकोटाको प्रतिमा राख्ने निर्णय गरेसँगै सर्वसाधारणले पनि उक्त चोकलाई देवकोटाचोकका नामले चिनाउन थालेपछि त्यतिबेला देखि नै सोही नामबाट स्थापित उक्त चोकको नाम देवकोटाचोक भएको हो ।

नेपाली साहित्यका धरोहर महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाममा स्थापित भैरहवाको मुख्य चोक देवकोटाचोकमा महाकविको अर्धकदको प्रतिमा मिति २०६३ साल मा नै स्थापना भएको थियो । यद्यपी सोही ठाउँमा महामानव बुद्धको प्रतिमा पनि थियोे । बुद्ध र देवकोटाको प्रतिमा एकै ठाउँमा भन्दा अलग–अलग राख्दा चोकको सौन्दर्यता बढ्ने ध्येयले सो चोकमा महाकवि को अर्धकदको सालिकको ठाउँमा पूर्णकदको प्रतिमा राख्ने जमर्को सिद्धार्थ साहित्य परिषद्ले पहिले देखि नै गरेको थियो । तर संयोग मिलेको थिएन ।

समयक्रम सँगै नेपाल सरकारको संस्कृति तथा पर्यटन एवं नागरिक उड्डयन मन्त्रालयमा माननीय आनन्दप्रसाद पोखरेलले पदभार ग्रहण गरेपछि परिषद्का सल्लाहकार भरत कुमार पोखरेलको पहलमा महाकविको पूर्ण कदको प्रतिमा निर्माणको लागि मन्त्रालयमार्फत सहयोग पाउने आश्वासन सँगै मिति २०७३ साल जेठ २२ गते शनिबारका दिन परिषदका अध्यक्ष डिल्लीराज भट्टराईको अध्यक्षतामा एक भेला बसी विभिन्न महत्वपूर्ण निर्णय गरेसँगै यो कामले मूर्त रुप लिएको हो ।

परिषद्का पदाधिकारी, आजीवन सदस्य, साधारण सदस्य, स्थानीय समाजसेवी एवं साहित्यप्रेमीहरुको सहभागिता रहेको सो भेलाले सिद्धार्थनगर नगरपालिका वडा नं १२ देवकोटाचोकमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुर्णकदको सालिक स्थापना गर्नका लागि परिषद्का अध्यक्ष डिल्लीराज भट्टराईको अध्यक्षतमा उपभोक्ता समिति समेत गठन गरेको थियो । जसको उपाध्यक्षमा राम ब. श्रेष्ठ, सचिव नरेश के.सी., सहसचिव लक्ष्मी शर्मा अधिकारी, कोषाध्यक्ष सीता काफ्ले र सदस्यहरुमा कृष्ण चन्द्र बस्याल, लक्ष्मीप्रसाद अधिकारी, हरि खनाल, तिलक लामिछाने, शान्ति अधिकारी, भोजेन्द्र खत्री रहेका थिए ।

यसैगरी सोही भेलाले सो कार्यक्रमको अनुगमन र मूल्याङकनका निमित्त अनुगमन र मूल्याङकनसमिति गठन गरेको थियो । जसमा प्राज्ञ बूँद राना, प्रा.डा कपिलदेव लामिछाने, बालकृष्ण भट्टराई, प्रा.डा गितु गिरी, मणिराम भट्टराई, विजय सागर, भरत कुमार पोखरेल, नारायण प्रसाद सापकोटा, विजय पाण्डे, सुरेन्द्र प्रसाद बस्याल रहेका थिए ।

उक्त भेलाले नेपाल सरकारबाट पाउने सहयोग रकम प्राप्तिको लागि अध्यक्ष डिल्लीराज भट्टराईलाई पहल गर्ने जिम्मेवारी दिने, सेवा विकास बैंकमा उपभोक्ता समितिको खाता खोली हिसाब व्यवस्थापन गर्ने र सरकारबाट प्राप्त हुने रकम अपुग हुने हुँदा थप रकम संकलनको लागि उपभोक्ता समितिलाई जिम्मा दिने निर्णय गरेको थियो । उपभोक्ता समितिको पहिलो बैठक ०७३ साल जेठ २२ गते नै समितिका अध्यक्ष डिल्लीराज भट्टराईको अध्यक्षतामा बसी देवकोटाको प्रतिमा निर्माणका लागि कोटेशन माग्ने निर्णय गरेको थियो ।

मिति ०७३ जेठ २४ गते सोमबारका दिन समितिको दोस्रो बैठक बस्यो । सो बैठकले प्रतिमा निर्माणको लागि आह्वान भएको कोटेशन अन्र्तगत प्राप्त कोटेशनहरु नविन थापा काठमाण्डौ, भुवन थापा बुटवल र इमेज आर्टका याम ब. थापाको कोटेशन मध्ये समयावधि र कम लागत खर्चको इमेज आर्ट बुटवलका मूर्तिकार यम ब. थापाको ८ लाख ५० हजार मूल्य बराबरको कोटेशनलाई स्वीकृत गर्ने निर्णय ग¥यो । उक्त बैठकले देवकोटाको प्रतिमा निर्माणको लागि नेपाल सरकारबाट प्राप्त रकम पर्याप्त नभएकोले थप रकम संकलन गर्न परिषदका आजीवन सदस्य विजय पाण्डेलाई संयोजक तोक्ने निर्णय ग¥यो ।

त्यसपछि सरकारको मातहत निकायमा आवश्यक प्रक्रिया अगाडि बढाउन सुरुमा मन्त्रालय र बोर्डमा संस्थाका सल्लाहकार भरत कुमार पोखरेल र पछि सचिव नरेश के.सी. काठमाण्डौ पुगी कागजी प्रक्रिया मिलाउने काम सम्पन्न भयो । र ०७३ असार १ गते सरकारको मातहतको निकाय लुम्बिनी क्षेत्र पर्यटन प्रर्वद्धन विकास समिति र संस्था बीच आवश्यक सम्झौता सम्पन्न भयो ।

मिति ०७३ असार ७ गतेका दिन समितिको तेस्रो बैठक बस्यो । सो बैठकले महाकवि देवकोटाको प्रतिमा निर्माणको लागि आवश्यक सल्लाह तथा सुझाव लिनेगरी प्राज्ञ बूँद राना, प्रा.डा. कपिलदेव लामिछाने, बालकृष्ण भट्टराई, प्रा.डा. गितु गिरी, मणिराम भट्टराई, विजय सागर, भरत कुमार पोखरेललाई चयन गरेको थियो ।

मूर्तिकार यम ब. थापा, भुवन थापा र नरेन्द्र भण्डारीबाट समयमै मूर्ति तयार गरी भैरहवा पठाइदिएकोले देवकोटाचोकमा आवश्यक पूर्वाधार तयार नभएसम्म पर्यटन कार्यालय भैरहवामा सो प्रतिमालाई सुरक्षित राख्ने निर्णय मिति ०७३ असार २३ गते बसेको समितिको चौथो बैठकले गरेको थियो । सोही बैठकले लुम्बिनी क्षेत्र पर्यटन प्रर्वद्धन विकास समितिसँग भएको सम्झौता अनुसार नेपाल सरकार संस्कृति तथा पर्यटन एवं नागरिक उड्डयन मन्त्रालयबाट स्वीकृत रकम निकासा गरिदिन अनुरोध गर्ने निर्णय समेत ग¥यो ।

मिति ०७३ असोज १६ गतेका दिन समितिको पाँचौ बैठकले देवकोटाको प्रतिमाको निर्माणको सम्बन्धमा आएको प्रतिवेदन अनुमोदन गर्ने निर्णय ग¥यो । साथै सोही बैठकले सिद्र्धाथनगर नगरपालिकाबाट १ लाख १८ हजार ९ सय ४४ सहयोग प्राप्त भएको र प्रतिमा निर्माण हुने स्थलमा प्रतिमाको जडान तथा अन्य कार्यका लागि लेबर कन्ट्रयाकको रुपमा रामजस सहानीलाई ७५ हजार मा ठेक्का दिने निर्णय ग¥यो भने कात्तिक २७ गते देवकोटा जयन्तीका दिन सालिक अनावरण गर्ने गरी निर्माण कार्यलाई सक्रियतापूर्वक अगाडि बढाउने गरी सहानीसँग सम्झौता गर्ने काम सम्पन्न भयो । मिति ०७३ कात्तिक २५ गते बिहीबारको दिन समितिको छैठौँ बैठक सम्पन्न भयो ।

देवकोटाको प्रतिमा निर्माणमा आर्थिक सहयोग गर्नेहरु 
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (रु.७,००,००० प्राप्त भएको मध्ये कर कट्टी गरी ६,५३,७१७।–प्राप्त), सिद्धार्थनगर नगरपालिका, सिद्धार्थनगर (रु.१,१८, ९४४।१७, धर्मराज श्रेष्ठ, सिनपा–१३ रु. ५२,२२२, फूल सिंह क्षेत्री रु. ५१,०००, सिद्धार्थ साहित्य परिषद रु. ४०,०५०, प्रमोद यादव बोधी रेडसन होटल रु.२५,९९९, नगेन्द्र गोविन्द श्रेष्ठ, सिनपा १३ रु. २५,५५५, देउसी भैलो आमा समूह वडा नं ७,१२ रु. २५,५५५, मा. सांसद इश्तियाक अहमद खान रु. २५,५००, पूर्णिमा विकास बैंक, सिद्धार्थनगर रु.२५,०००, सीताराम उप्रेती सिनपा ८ रु.२५,०००, चन्द्रप्रकाश श्रेष्ठ सिनपा १३ रु.२१,०००, खिम ब. खत्री सिनपा १३ रु १७,७७७, कृष्ण प्रसाद शर्मा सिनपा ६ रु.१५,५५५, ओमकार गौचन सिनपा ५ रु.१५,५००, नारायण प्रसाद अग्रवाल सिनपा ५ रु.१५,५००, विष्णु प्रसाद शर्मा सिनपा १ रु.१५,५००, गोविन्द प्रसाद ज्ञवाली लुम्बिनी, रु.१५,५००, सिर्जनशील साहित्य समाज रु.१५,५००, डा.शान्तकुमार शर्मा सिनपा १ रु.१५,५००, सामूहिक विद्यालय परिवार भैरहवा रु.१५,५००, मा. सांसद आदित्यनारायण कसौधन रु.१५,५००, मा. सांसद सीमा कुमारी वि.क रु.१५,५००, नेत्र प्रसाद आचार्य सिनपा १२ रु.१५,५००, प्रताप गुरुङ सिनपा २ रु.१५,५००, भोजेन्द्र खत्री सिनपा १३ रु.१५,२०५, सानु शर्मा सिनपा ८ रु.१५,१००, पुरण विश्वकर्मा सिनपा १३ रु.१५,१००, सावित्री भट्टराई सिनपा १ रु.१५,१००, खगराज आचार्य सिनपा १२ रु.१५,१००, राम बहादुर कोइरी सिनपा ९रु.१५,१०० चन्द्रमणी अधिकारी (रामु) सिनपा ९रु.१५,१००, गंगा लिगल सिनपा ७ रु.१५,००५, खेमराज भुसाल सिनपा ८ रु.१५,००५ र रामगोपाल गोयनका सिनपा १२ रु.१५,००५ रहेको छ ।

यसैगरी रमेश समर्थनद्वारा संकलन भएको रु. ७,६०५, तिलक थापा रु. ७,०००, दिलिपकुमार नापित रु. ५,५५५, चन्द्रमोहन पटवा रु.५,१००, प्रेम सेन्चुरी रु.५,१००, रामचन्द्र बस्याल रु.५,१००, रमेश घिमिरे रु.५,१००, कृष्ण प्रसाद भण्डारी रु.५,१००, विष्णु गौतम रु.३,०००, बूँद राना रु.३,०००, प्रा.डा. कपिल लामिछाने रु.३,०००, डिल्लीराज भट्टराई रु.३,०००,विजय सागर रु.३,०००, प्रा.डा गितु गिरी रु.३,०००, बालकृष्ण भट्टराई रु.३,०००, भरत कु. पोखरेल रु.३,०००, नरेश के.सी. रु.३,०००, राम ब. श्रेष्ठ रु.३,०००, लक्ष्मी शर्मा रु.३,०००, सीता काफ्ले रु.३,०००, लक्ष्मी प्र. अधिकारी रु.३,०००, हरि खनाल रु.३,०००, नारायण प्रसाद सापकोटा रु. ३००० । शान्ति अधिकारी रु, २,०५५, कृष्ण प्रसाद बस्याल रु.२,०००, मणिराम भट्टराई रु.१,५००, तिलक लामिछाने रु. १,५००, डा. दामोदर ढकाल रु.१,११५, रुद्र ज्ञवाली रु.१,१००, पुनाराम गिरी रु. १,१००, कृष्ण चन्द्र बस्याल रु. १,०५०, कमल पोखरेल रु. १,००५, योगनाथ आचार्य रु.१,०००, मोदनाथ शास्त्री रु.१,००० र ठाकुरचन्द्र शर्मा रु.५०० रहेका छन् ।

देवकोटाको प्रतिमा निर्माण तथा प्रतिस्थापनमा नेपाल सरकार संस्कृति तथा पर्यटन मन्त्रालयका तत्कालिन माननीय मन्त्री आनन्द पोखरेल, प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकाल, ईञ्जिनियर चन्द्रभक्त श्रेष्ठ, सल्लाहकारहरु प्राज्ञ बूँद राना, प्रा.डा कपिलदेव लामिछाने, बालकृष्ण भट्टराई, प्रा.डा गितु गिरी, मणिराम भट्टराई, विजय सागर, भरत कुमार पोखरेल, विजय पाण्डे, परिषदका पदाधिकारी, सदस्य एवं पर्यटन कार्यालय भैरहवा प्रमुख ख्याम ब. थापा तथा परिवार, नगरपालिकाका तत्कालिन प्रमुख विष्णुदत्त गौतम तथा परिवार, सडक विभाग, मूर्तिकार यम ब. थापा, सञ्चारकर्मी, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी, प्रहरी चौकी देवकोटाचोक, सक्षम कला भैरहवा परिवार, होटल एसआर, बुटवल – भैरहवा ६ लेन सडक परियोजना परिवार,विभिन्न सरकारी तथा गैरसरकारी निकाय, राजनीतिक दल, नागरिक समाज, उद्यमी, व्यापारी तथा समाजसेवी लगायतको विशेष योगदान रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend