logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीको दर्लिङ्गमा एकादशी मेला समापन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रेम सुनार गुल्मी,कार्तिक २९ ।
गुल्मीको दर्लिङ्गमा कार्तिक २५ गते देखि विविध कार्यक्रमका साथ सञ्चालन भएको एकादशी मेलाको समापन गरिएको छ ।‘भाषा–कला सांस्कृतीको संरक्षण र सम्मान,समस्त दर्लिङ्गवासीको पहिचान’ भन्ने मुल नाराका साथ त्यहाँस्थित तुल्सी स्मृति युवा क्लवले आयोजना गरेको ऐतिहाँसक सांस्कृतिक एकादशी मेला २०७३ अन्तिम दिन भव्य सांस्कृतिक कार्यक्रम र महिला भलिवल खेला प्रतियोगिता गरी समापन गरिएको थियो । img_4074पुरुष भलिवल खेलका अलवा परम्परागत भैलो नाच गरी हजारौं दर्शकहरुका विच मनाईएको मेलाको समापन कार्यक्रममा दर्लिङ्गका गाविस सचिव गोपालबहादुर सेनको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेसका गाउँ सभापति भरत केसी , नेकपा एमालेका प्रतिनिधी पोमबहादुर बुढा, नेकपा माओवादी केन्द्रका अध्यक्ष भुपाल सिंह खत्री , नेकपा माओवादी विप्लव समुहका तनबहादुर विक र प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य प्रेम सुनारको विशेष आतिथ्यता रहेको थियो । img_4084 त्यस्तै नेटा दर्लिङ्ग उच्च माविका प्राचार्य तेजबहादुर सोनार ,दर्लिङ्ग स्वास्थ्य चौकी ईञ्चार्ज ओमबहादुर भण्डारी , रेसुङ्गा टेलिभिजनका प्रवन्ध निर्देशक सुमान पाण्डे , स्थानिय समाज सेवी नेत्रबहादुर श्रीस, क्लवका सल्लाहकारहरु चित्रबहादु श्रीस् , यमलाल अर्याल , धनिश्वर अर्याल ,,दलबहादुर परियार , नरमती श्रीस् , शशी पुरी दर्लिङ्गका अन्तिम मुखिय एव समाज सेवी प्रेम पुन लगायको आतिथ्यता रहेको थियो । img_4082१६ वटा खुल्ला भलिवल प्रतियोगिता रहेकोमा आयोजक टिम तुल्सी युवा क्लव प्रथम भएको छ । त्यस्तै पञ्चासु्े युवा क्लव राजकुत वाग्लुङ्ग दृतिय भएको छ । विजेतालाई क्रमशः ३० हजार २० नगद पुरस्कार ।, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । त्यस्तै खुल्ला दउँसी भैलो प्रतियोगितामा सहभागि नेटा ,दर्लिङ्ग, छापाहिले र अर्खवाङ्गबाट आएका टिमहरुलाई वरावर ६ हजार नगद पुरस्कार र सम्मान पत्र प्रदान गरिएको थियो । ति गाविस भित्रको भैलो र सोरेठीको वेग्लै रौनक वाहिरबाट जानेहरुले देख्न पाएका थिए ।img_4059त्यस्तै खुल्ला महिला भलिवल प्रतियोगिताको प्रथम पुरस्कार भने छिमेकी जिल्ला वाग्लुङ्गका युवतीहरुले हाता पारेका छन् । जलजला खेलकुद विकास समिति वाग्लुङ्गका युवतीहरुले १० हजार नगद पुरस्कार हाता पारेका हुन् । दोश्रो पुरस्कार ६ हजार घरेलु टिम तुल्सी स्मृति युवा क्लव दर्लिङ्गले पाएको छ । unnamedतिन दिने मेलाका क्रममा पञ्जेमा नाच गान समेत गरिएको थियो । त्यस्तै शिवशंकर आमा सामुहले भजन तथा स्थानिय कलाकारहरुबाट स्थानिय लोकभाका गाउने र नाच्ने समेत गरिएको थियो। दशौं हजारको सहभागिता रहेको कार्यक्रम स्थाल नेटा दर्लिङ्ग उच्च मावि वरीपरी भरीभराउ रहेको थियो । कार्यक्रमको प्रत्यक्ष प्रशारणका लागि रेसुङ्गा टेलिभिजनको टोली पुगेको थियो । gulmiतुल्सी युवा क्लव दर्लिङ्गका अध्यक्ष दिपेन्द्र घर्तिको अध्यक्षता रहेको कार्यक्रमकाृे सञ्चालन सचिव तेजेन्द्र घर्ति र शिक्षक यमलाल अर्यालले सञ्चालन गरेका गिए । तस्वीरमा त्यस मेलाको रौनक

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend