logo
  • शनिबार, साउन ९ २०८३

गुल्मीमा पहिलो पटक क्षमताको आधरमा केसी रेसुङ्गा क्याम्पस प्रमुख नियुक्ती


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

प्रेम सुनार गुल्मी,कार्तिक २८ ।10654020_1549954441899130_686628427_n
गुल्मी जिल्लाको शैक्षिक धरोहर मानिने रेसुङ्गा वहुमुखी क्याम्पसले पहिलो पटक जेष्ठताको आधारमा बनाईने प्ररम्परा तोडेर कार्यदक्षताको आधारमा क्याम्पस प्रमुख नियुक्ती गरेको छ । त्यो परम्परा तोड्नका लागि क्याम्पस सञ्चालक समितिले कार्तिक ७ गते कार्यपत्र मार्फत कार्य दक्षता प्रतिष्पर्धा आव्हान गरेको थियो । सोही अनुरुप एक जना पात्र हरिबहादुर केसीले मात्र कार्तिक १२ गते कार्यपत्र पेश गरेका थिए ।

चार वर्षे कार्यकालमा उनले क्याम्पस सञ्चालनको कार्यपत्र पेश गरे पछि समितिले त्यस उपर मुल्याङन गर्दा योग्य ठठर गर्दै केसीलाई क्याम्पस प्रमुखमा नियुक्ती गरेको समितिका अध्यक्ष शालिक पन्थीले जानकारी दिए।त्यसरी प्रतिष्पर्धा गराउँदा त्यस क्याम्पसमा १२ वर्ष अनुभव हाँसिल गरेका १६/१७ जना उपप्राध्यापक र प्राध्यापकहरुले अवसर पाउने भएकोले पहिलो पटक यो विधीको प्रयोग गरिएको उनको दावि छ । तर यस अघि निमित्त क्याम्पस प्रमुखको कार्यभार सम्हालेका गुणानिधी शर्मा लगायतका असन्तुष्टहरुले भने त्यो विधीलाई टेण्डरको संज्ञा दिदै असन्तुष्टी जाहेर गर्दै आएका छन् ।

यस अघि जेष्ठताको आधारमा क्याम्पस प्रमुख नियुक्ती गरिने बताएका क्याम्पस सञ्चालक समितिका अध्यक्ष पन्थी यसपाली दक्ष क्याम्पस प्रमुख सर्वसम्मत नियुक्ती गरिएको दावि गर्दछन् । २०३९ सालमा समुदायले स्थापना गरेको उक्त क्याम्पसको पहिलो क्याम्पस प्रमुख शशी पन्थी थिए । उनले पनि चार वर्षे कार्यकाल पुरा गर्न नसकी विचमै निस्कीनु परेको अध्यक्ष पन्थीले बताए ।

उनका अनुसार दोश्रो कार्यकाल प्रेमनाथ अर्यालले पनि पुरा गर्न सकेका थिएनन् । तेश्रो कार्यकाल दिन पन्थी पनि छोटो अवधीमै वाहिरीनु परेको थियो । चौथो कार्याकाल चन्द्रकान्त पन्थीले मात्रै पुरै चार वर्ष क्याम्पस प्रमुख रहन सफल भएका थिए । पाँचौ कार्यकाल ढुण्डीराज पोखरेल डेढ वर्ष नपुग्दै निस्कीनु परेको थियो । श्रोेतका अनुसार उनको र समितिका अध्यक्ष विच केहि महिना अघि देखि सम्वन्ध विग्रे पछि पोखरेलले आफुलाई सहयोग नभएको भन्दै धेरै अघि नै राजिनामा दिएर बसेका थिए ।

१२ वर्ष अवधी पार गरेका गुणानिधी शर्मालाई निमित्त दिएर माछो माछो भ्यागुतो भने जस्तै गराईएको उनि पक्षधरहरुको आरोप रहेको छ । छैठौं क्याम्पस प्रमुख नियुक्त भएका केसी यस अघि पनि क्याम्पस प्रमुखको अनुभव संगालेका प्राध्यापक हुन् । उनले २०५२ साल देखि ३ वर्ष सम्म वाग्लुङ्गको वुर्तिवाङ्गमा रहेको जनता क्याम्पसको क्याम्पस प्रमुख भएका थिए । २०५५ साल देखि रेसुङ्गा क्याम्पसमा अध्यापन गराउँदै आएका केसीले एमविए र विल सम्मको अध्यान पुरा गरेका छन् ।

गुल्मीकै हस्तीचौर २ हर्पुकोटका दुर्गाबहादुर खत्री र माता धनकुमारी खत्रीको कोखबाट २० सालमा २०२५ साल पौष १४ गते.जन्मिएका केसीले आफ्ना्े गाउँको हिमालय उच्च माविमा भने कक्षा ७ सम्म मात्रै अध्यान गरेका थिए । वाग्लुङ्गको ग्वालीचौरमा रहेको भानु उच्च माविबाट एसएलसी दिई उनि उच्च शिक्षा तर्फ लम्कीएका थिए । केसी भद्र र शिष्ट व्यक्तिका रुपमा चिनिन्छन् ।
तस्वीर ः नवनियुक्त क्याम्स प्रमुख हरिबहादुर केसीको

ब्ततबअजmभलतक बचभब

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend