logo
  • शनिबार, साउन ९ २०८३

विप्लव समुहको नेपाल बन्दले बागलुङको बुर्तिबाङमा पुर्ण प्रभाव


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

बिमल खड्का, बागलुङ कार्तिक २८।
नेकपा माओवादी विप्लव समुहले आज नेपाल बन्दले बाग्लुङको बुर्तिबाङमा पनि पुर्ण रुपमा प्रभाव पारेको छ । बन्दले यहाँबाट छुट्ने लामो तथा छोटा दुरीका सवारी साधन चल्न नस्कदा स्थानियहरुलाई गन्त्व्य स्थानमा पुुग्न सकेको छनैन । भने यहाँ स्थित व्यबसायिक गर्दै आएका व्यापारिहरुले पनि आफनो व्यबसायिक बन्द गरेको छन ।
15060333_1813217238933191_819929729_oबैक तथा बितिय संस्था सरकारी तथा निजी बिद्यालयहरु पनि बन्द भएका छन । यसरी बन्दहुदाँ स्थानिय तथा बिद्यार्थीकोे शिक्षामा थप असर पर्ने बताएको छ । बन्द हुदाँ थप समस्या श्रम गरेर आफनो जिवीका चलाउनेहरुलाई समस्या परेको छ । बुर्तिबाङ बजार बिहानै फाटफुट खुलेका पसल पनि यति बेला सबै बन्द भएका छन । उता भिमगिठेमा पनि बन्दको प्रभाव पुर्ण रुपमा परेको छ । त्यहाँपनि बजार तथा शैक्षिक सस्थाहरुपनि बन्द भएको व्यापारि टिपुरे सुनारले बताउनुभएको छ ।

राष्ट्रियता, जनतन्त्र , जनजीवीका र राष्ट्रियताको पक्षमा पार्टीले निरन्तर जनचेतना अभियान सञ्चादन गर्दै आइरहेको सन्दर्भमा आज खाद्य सम्प्रभुताको सवाललाई उठाएर बन्दको कार्यक्रम आयोजना गरिएको माओवादी जिल्ला सेत्रेटरी विकिरण क्षेत्रीले जानाकारी दिनुभएको छ । नेपाली जनतामा उपभोग्य वस्तु र सेवा सुविधामा भइरहेको मुल्य वृधि, कालावजारीले ढाड सेकेको भन्दै राज्य उक्त सवालमा चुप लागेर बस्न नहुने भन्दै खवरदारी स्वरुप बन्द कायृक्रमको आयोजना गर्नु परेको बताइएको छ ।

राज्य निकायकै तथ्याँकमा २७ दशमलव ३ प्रतिशत जनता अझैपनि आफ्नो कमाईले राम्रो स्वस्थकर खाद्य बस्तु खरिद गरेर खान नसक्ने अवस्थामा रहेको उल्लेख गर्छ तर ति जनताका लागि उपयुक्त व्यवस्थापन नगरि सरकारनै जनता प्रति उत्तरदायी नभएको भन्दै त्यसका विरुद्ध यो सचेतना अभियान सञ्चालन गरिएको सेक्रेटरी विकिरणले बताउनुभएको छ । विहान ५ वजेदेखि साँझ ५ वजेसम्म बन्दको कार्यक्रम रहेकोले सबै उद्योगी, व्यवसायी, कर्मचारी, सर्वसाधारणलाई अभियानमा ऐक्यवद्धता जनाईदिन माओवादीले आग्रह गरेको छ ।

अत्यावस्श्यक बस्तु, अस्पताल, दुध तथा खानेपानी, एम्वुलेन्स र प्रेसका गाडिहरुलाई भने निर्वाध चलाउन सकिने बताइएको छ । आफ्नो अधिकार आफै्र प्राप्त गर्ने अभियानमा स्वयं जनसाधरण सत्रिय हुन र राज्यलाई जवाफदेही बनाउन आफै प्रयत्नरत रहनुपर्ने उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend