logo
  • शुक्रबार, असोज ९ २०८३

रहरहरूको पेन्डुलम


  • जमुना आरुषी
  • शुक्रबार, असोज ९ २०८३

jamuna

बूढो वृक्षमा झुण्डिएको पात झै
झुण्डिएको छ जिन्दगी
समयको हाँगामा
कहिले आँसु बनेर
आफ्नै आँखामा
त कहिले हुरी बनेर
हृदयका किनाराहरूमा
मडारिरहेछ,जीवनको आकाश
रूमानी यादसँगै क
कालो बादल बनेर
जीवनकै किनाराहरूमा

म तापीरहेछु जूनको प्रकाश
मिर्मिरेमा झरेको तारा झै
पूर्वस्मृतिको अधिनस्थ
नीरव तस्वीर बनेर
निराकार शून्यताको आकाशमा
उभिएर खाेजिरहेछ
ऊ जीवनको उत्सव
तर म भने खोजिरहेछु
मुठीभित्र अस्तित्वका
प्लेकार्डहरू लिएर
औचित्यहीन सूचीपत्रहरूमा
अस्तित्वका अवशेषहरू पल्टाउदै
जिन्दगीको कुइनेटोमा उभिएर
जिन्दगीकै हाईवेमा कुद् दै
मनले चाहेर या नचाहेर
जिन्दगीको एकान्त शिविरबाट
बलजफ्ति सम्झौता गर्दै
नविर्सिएका अनुहारसँग
आँसुका चाडंहरूसँग
छिरलिएका मनहरूसँग
अनुवादित जीन्दगीको
कोरियोग्राफी गर्दै
कृत्रिम तस्वीर सहित
नयाँ परिवेशका चौतारीहरूमा
पुराना तिनै तस्वीरहरूसंग

तर ऊ पुरानै तस्वीरमा
आफ्नै छायाँ लुकाएर
रिजर्भेसनमा लागिरहेछ
मनको क्यान्टोनमेन्टमा
थन्किएको हतियार लिएर
निर्दाेष तस्वीरको हत्या गर्न
तर पनि म मुस्कुराइ रहेछु
उसको जिन्दगीको पिरामिडमा
झुण्डिएको
रहरहरूको पेण्डुलम बनेर
उसकै मनको शहर छिचोल्न

जमुना आरुषी

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend