logo
  • शुक्रबार, असोज ९ २०८३

अनेसास जापानको आयोजनामा कविता प्रतियोगिता सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

संगीता कुँवर, जापान कार्तिक २२।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानको साहित्यिक कार्यक्रम अन्तर्गत लक्ष्मी जयन्ती, अनेसास जापान सिटी मनी साहित्य पुरस्कार वितरण साथै ३८औं साहित्यिक शृङ्खला जापानको टोकीयोमा सम्पन्न भएको छ। जापानमा रहेका साहित्यलाईलाई माया गर्नेहरुको प्रतिभा उजागर गर्न सकियोस भन्ने उद्देश्यले प्रतिस्प्रर्धात्मक कविता प्रतियोगिताको आयोजना गरिएको हो ।
14996507_1078293728958176_1528260881_n
करिब ३७ जना सहभागी जापान व्यापी खुला कबिता प्रतियोगिता उत्कृष्ट तिन कवि रविन शर्मा, दिप पाठक र विमान किरातीलाई पुरस्कार वितरण गरीएको छ । साथै सहभागी ३७ जना स्रष्टाहरूलाई मायाको चिनो वितरण गरियको थियो। व्यस्तता भित्र पनि साहित्यलाई माया गर्नेहरुको राम्रो उपस्थीति रहेको कार्यक्रममा गहकीला,राष्ट्रप्रेमले ओतप्रोत र शालीन रचनाले मुराहल टोकियो काव्यमय बनेको थियो ।
14958058_1078294392291443_1376432212_o
यसै अवसरमा गतसाल जापानमा भयको चौथों अन्तराष्ट्रीय नेपाली साहित्य सम्मेलनमा विशेष सहयोग गर्ने सहयोग दाताहरूलाई केन्द्रीय उपाध्यक्ष प्रकाश पौडेल माईला र तत्कालीन अनेसास जापानका अध्यक्ष आलोक चालीसे मार्फत मायाको चिनो हस्तान्तरण गरिएको थियो ।
14976173_1078294388958110_624276042_o
अनेसास जापानले हरेक तिन-तिन महिनामा आफ्नो साहित्य श्रृङखला गर्दै जापानमा रहेका स्रष्टा,सर्जकका भावनालाई प्रस्तुतीका रुपमा पस्किने गरेको छ ।
संस्थाका अध्यक्ष बिष्णु प्रसाद घिमीरेको सभापतित्वमा सम्पन्न कार्यक्रममानेपाली राजदुतावास टोकीयोका कार्यवाहक राजदुत कृष्ण चन्द्र अर्यालको प्रमुख अातिथ्यता रहेको थियो ।

अनेसासका केन्द्रीय उपाध्यक्ष प्रकाश पौडेल माईला,विर हस्पिटल नेपालका कार्यकारी निर्देशक डा. भूपेन्द्र बस्नेत, एन.आर.एन.ए जापानका उपाध्यक्ष देवीलाल भण्डारीको बिशेष आथित्यता रहेको थियो । कार्यक्रम सरिता ढकालको स्वागत मन्तव्य तथा संस्थाका महासचिव दिप पाठकको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend