साझा नेटवर्क
अनिश शर्मा गैरे, गुल्मी कार्तिक २०।
गुल्मीको कुर्घामा रहेको धार्मिक तथा पर्यटकिय स्थल मालीकाको प्रचारप्रसार एबम प्रबद्र्धनको लागि दोस्रो मालीका महोत्सब आयोजना गरिने भएको छ । यही कार्तिक २५ गतेदेखी २८ गते सम्म ४ दिन उक्त महोत्सब आयोजना गरिने बताइएको छ ।
महोत्सबमा बिभिन्न खेलकुद तथा सास्ँकृतिक कार्यक्रमहरु सञ्चालन हुने महोत्सब आयोजना गर्ने मुल समितिले जनाएको छ । आयोजकले दिएको जानकारी अनुसार प्रथम पुरस्कार ५१ हजार भएको भलिबल प्रतियोगीता आयोजना गरिएको छ जसमा ३१ हजार मेडल र प्रमाण पत्र द्धितिय पुरस्कारको रुपमा प्रदान गरिने छ ।
भलिबल प्रतियोगीताको प्रथम पुरस्कारलाइ कुर्घाका समाजसेवी खड्क बहादुर खड्काले प्रदान गर्ने हुनुभएको छ । त्यसैगरी द्धितिय पुरस्कार जीवन बिक, अनिल बिक तथा राजीन बिकले सौजन्य गर्नुभएको छ । महोत्सब भब्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि आर्थिक संकलन अभियानलाइ समेत तिब्रता दिएको छ ।
महोत्सब द्धारा गुल्मीको शान मानिने कुर्घाको मालीकाको प्रचार प्रसार गर्नुलाइ मुख्य उद्धेश्य भएको समाजसेवी ज्ञानहरी सापकोटाले जानकारी दिनुभएको छ । महोत्सब पहिलो पटक गत बर्ष पनि आयोजना गरिएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend