logo
  • शुक्रबार, असोज ९ २०८३

लगातार मदिरा सेवनबाट महिलाको ज्यान गयो


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रेम सुनार, गुल्मी कार्तिक १८ ।
तिहारको चार दिन सम्म लगतार मदिरा सेवन गरे पछि भाई टिकाको दिन मृत्यु भएकी महिलाको शव आज सदरमुकाम ल्याईएको छ । गुल्मीको ठुलोलुम्पेक गाविस वडा नम्वर– १ खेदडाँडाडाकी ५४ वर्षिया तुलकुमारी फौजा मगरको आफ्नै घरमा मृत फेला परेको शव आज जिल्ला प्रहरी कार्यालय गुल्मीको टोलिले सदरमुकाम ल्याएको हो ।

उनका श्रीमान रामबहादुर फौजा र उनका छोरा नेत्रबहादुर फौजाका अनुसार ४ दिन देखि लगतार मदिर सेवान गरेर वसेकी तुलकुमारीलाई गए राती परिवारले घरको कोठामा नाक र मुखबाट तरल पदार्थ बगेको र हात खुट्टा खुम्चीएको अवस्थामा मृत फेला पारेका थिए ।

छोरा नेत्रबहादुरकाले आमाले कहिले लगतार एक–डेढ महिना सम्म मदिरा सेवन गर्ने त कहिले चट्ट छाड्ने गरेको बताए । मृतक महिलाका चार छोरी र एक छोरा रहेको बताईएको छ । यसै विच गए राती गुल्मीको पुर्कोटदहमा एक जना मदिरा सेवन गर्ने व्यक्ति विष सेवन गरी मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुर्कोटदह–८ का ४१ वर्षिय दिपबहादुर ओली घरकै कोठामा विष सेवन गरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । निजको शव सदरमुकाम तम्घास ल्याईदै गरेको बताईएकोले थप विवरण आउन बाँकी रहेको छ । मृतकका घरमा दुई छोरा एक श्रीमति रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend