logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मी वामिको एक पसलमा आगलागी, २५ लाख बराबरको क्षती


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

aagoअनिश शर्मा गैरे, गुल्मी कार्तिक १८।
गुल्मीको वामीमा रहेको एक पसलमा आगलागी हुँदा करिब २५ लाख बराबरको क्षती भएको छ । वामी ३ टारमा रहेको टोपनारायण शाक्यको पसलमा आगलागी भएको हो ।

आगलागीबाट पसमा रहेका नगद, किराना तथा फेन्सीका सामानहरु जलेर नष्ट भएका छन । आगो बिद्युतको कारण टिभी पडकिएर लागेको परिवारले बताएको छ भने प्रहरी चौकी वामीले तिहारको समयमा बालीने धुपबत्तीको कारणले सल्केको हुन सक्ने भनेको थियो ।

आगो गएराती ११ बजेबाट शुरु भएको थियो भने स्थानीय, प्रहरी लगायतको सहभागीतामा राती करिब साढे १२ बजे नियन्त्रणमा आएको प्रहरी चौकी वामीले बताएको छ । अब आगलागी हुने समय आइरहेको हुनाले सबैमा सचेतना अपनाउन पनि प्रहरी चौकी वामीका प्रमुख भुवन यादबले आग्ह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend