साझा नेटवर्क
साझा नेटवर्क, कार्तिक १६।
नेपालमा तिहारको रमझम छोडेर तिहार विशेष कार्यक्रमका लागि मलेसिया पुगेकी चर्चित गायिका रिता के.सी.ले “परदेशी धमाका”मा धमाकेदार प्रस्तुतिहरुले उपस्थित दर्शकहरुलाई नचाएकी छन ।
दिपावलिको अबसरमा परदेशी रेस्टुरेन्टले पहिलो प्रस्तुति स्वरुप आयोजना गरेको “परदेशी धमका” भब्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमका लागि नेपालबाट आएका कलाकार संगै रिताको मुख्य भुमिका भएको उपस्थित दर्शकले बताएका छन ।
परदेशी रेस्टुरेन्टको आयोजनामा भएको उक्त कार्यक्रममा रोजगारीको सिलसिलामा मलेसियामा रहदै आएका नेपालीहरुको बाक्लो र निकै उत्साहजनक उपस्थिति रहेको थियो ।
कार्यक्रमकै शिलशिलामा दोस्रो पटक मलेसिया पुगेकी चर्चित गायिका रिता के.सी.ले विभिन्न गीत संगीत प्रस्तुत गरेकि थिइन भने अन्य कलाकारहरुले देउसी भैलो भाका लोक दोहोरी, तथा अन्य गीतहरु प्रस्तुत गरेका थिए । स्थानीय कलाकारहरुको प्रस्तुतिले पनि कार्यक्रमलाई अझै थप रौनकता थपेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend