logo
  • शुक्रबार, असोज ९ २०८३

आफूखुसी बजार अनुगमन गर्दै हिड्ने १ व्यक्ति प्रहरीको हिरासतमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

14914866_1805380439716871_514222396_nबिमल खड्का, बागलुङ कार्तिक १३ ।
उपभोक्ता मञ्च बागलुङका प्रकाशकीय सम्पादक बताउने बागलुङ नगरपालिका उपल्ला चौरका जयलाल सापकोटालाई बुर्तिबाङ बजार स्थित व्यवसायीले समातेर इलाका प्रहरी कार्यालयमा बुझाएका छन् । विहानैदेखि बुर्तिबाङ बजारको उपल्लो वजारमा पसलमा छिरेर अनुगमन गर्दै, आफ्नो बुलेटिनका लागि पैसा माग्दे गरेको भन्दै व्यवसायीले उनलाई समातेर प्रहरीमा बुझाएका हुन् ।आफूलाई उपभोक्ता मञ्चका प्रतिनिधि बताउने सापकोटासँग न त अनुगमनका लागि जिल्ला प्रशासनबाट आधिकार प्रत्यायोजना गरिएको कुनै पत्र नै थियो न त उनीसँगै उपभोक्ता मञ्चको परिचय खुल्ने कुनै कागजात नै थियो ।

एका विहानै मुखमा गलबन्दीले छोपेर बजारका पसलहरुमा पसी विभिन्न वस्तुको मिति हेर्ने र म्याद सकिएको बस्तु फेला परे खरिद गरेर विल माग्दै गरेका थिए ।यससँगै उनले आफ्नो तर्फबाट प्रकाशन गर्न थालिएको उपभोक्ता मञ्च नामाक बुलेटिनका लागि व्यवसायीलाई धम्क्याएर पैसा माग्ने गरेको समेत व्यवसायीले उनीमाथि आरोप लगाएका छन् ।

सापकोटाले यस अघि पनि बुर्तिबाङ बजारमा पसेर विभिन्न व्यवसायीलाई बुलेटिनमा वित्रापन वापतको रकमका नाममा जवरजस्ती पैसा असुल्दै आएको व्यवसायीले गुनासो गरेका थिए । यस पटकपनि उपल्लो वजारमा विज्ञापनकै विषयमा केही व्यापारी समक्ष पैसा नदिए रामै्र खालको अनुगमन हुने र कार्वाहीको प्रक्रियामा लैजान सकिने भन्दै धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै व्यवसायीहरु आक्रोसित भई उनलाई समातेर प्रहरी समक्ष ल्याएको बताएका छन् ।

सापकोटाले यहाँका केही व्यापारीबाट केही म्याद सकिएका सामाग्री खरिद गरेका र विल समेत लिएका थिए । यहाँ स्थित स्थानीय उपभोक्ता मञ्च, पत्रकार तथा प्रहरी प्रशासनसँग समन्वय गरि केही शंका लागेका वस्तुको सेम्पल लिन आउन आफूले निर्देशन दिएको उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र श्रेष्ठले बताए ।

तर समन्वयनै नगर्दा उनस् यस्तो झञ्झटमा फरेको श्रेष्ठले बताउनुभयो । उता जिल्ला प्रशासन कार्यालय बागलुङबाट पनि कुनै जानाकारी र आधिकारीक पत्र विनानै यस्तो कार्य गरेको भन्दै एक पटकलाई स्थानीय स्तरमा समन्वय गरि यो मुद्धालाई मिलाउन जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख भागिरत पाण्डेले आग्रह गरेपछि, एक पटकका लागि मुद्धा सुल्झिएको हो ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरक्षिक शिवराज क्षेत्रीले यस्तो कार्य गर्दा एक्लै नभई सबैसँग समन्वय गरि गर्न आग्रह गर्दै सापकोटालाई उपभोक्ता मञ्च बुर्तिबाङका अध्यक्ष चन्द्रलाल अर्यालको जिम्मा लगाई कागजपत्र बनाएर छाडिदिएको छ ।

।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend