साझा नेटवर्क
प्रेम सुनार गुल्मी,कार्तिक १३ ।
न्यु योङ्गस्टार युवा क्लव बडागाउँ–५ पेंगा गुल्मीले विभिन्न विकास निर्माण कार्य सम्पन्न गर्न आर्थिक संकलन अभियान तिव्र पारेको छ । उसले खेल मैदान बनाउन, मञ्च र चौपारी निमार्ण गर्न,क्लवलाई आवस्यक सामग्री खरिद गर्न र गाउँमा सरसफाई कार्यक्रम गर्न आर्थिक संकलन अभियान तिव्र पारेको हो ।
क्लवका अध्यक्ष अशोक सोमैले दिएको जानकारी अनुसार देउसी भैलो कार्यक्रम मार्फत पनि आर्थिक संकलन गरिने भएको छ । क्लवले त्यहाँका समाज सेवी सुवेदार मेजर शंकर रायमाझीको संयोजकत्वमा ५ सदस्यीय आर्थिक संकलन गठन गरेको छ ।
अर्का समाज सेवी कर्णबहादुर पाण्डेको संयोजकत्वमा सल्लाहकार समिति र श्यामबहादुर थापा र तुल्सी रायमाझीको संयोजकत्वमा लेखा समिति बनाएर रकम संकलन अभियान जारी गरेको एक हप्तामै एक लाख भन्दा बढि रकम संकलन भएको अध्यक्ष सोमैले जानकारी दिए । उनले दिएको विवरण अनुुुसार पेंगा तुल्सी बहादुर रायमाझीले १५ हजार सहयोग गरेका छन् ।
त्यस्तै सुवेदार मेजर शंकर रायमाझीले १५ हजार,सुवेदार ओमबहादुर रायमाझी ,श्यामबहादुर थापा,पदमबहादुर पाण्डे,सुवेदार रामबहादुर पाण्डेले १०/१० हजार सहयोग गरेका छन् । त्यस्तै प्रेमबहादुर रायमाझीले ८ हजार सहयोग गरेका छन् । पेगाकै राजु रायमझी, गणेश रायमाझी ,तेजबहादुर रायमाझीले ५ हजारका दरले सहयोग गरेका छन् ।
कर्णबहादुर पाण्डे र वोमबहादुर रायमाझीले २ हजारका दरले सहयोग गरेका छन् । लालबहादुर पाण्डे, राज बहादुर बिक,वलबहादुर जिसी,मोतीबहादुर नेपालीले १ हजारका दरले सहयोग गरेका छन् ।
क्लवलाई देश विदेशमा रहेका बडागाउँवासीले पनि सहयोग गरेर सामाजिक क्षेत्रमा गर्न लागिएको रचनात्मक कार्यालाई सफल पारी दिन अध्यक्ष सोमैले आग्रह गरेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend