साझा नेटवर्क
अनिल खत्री, गुल्मी कार्तिक १३ ।
तिहार पर्व भित्रिए सँगै गुल्मीमा झिनियाको व्यापारमा वृद्धि हुन थालेको छ । तिहारमा आफ्ना दाजुभाईहरुलाई टिका लगाएपछि मिठा मिठा परिकार खुवाउने मध्ये झिनिया अति राम्रो र उत्तम मानिने प्रचलन रहेको पाइन्छ ।

झिनिया पुजाआज,खाजा,पाहुनाहरुको स्वागत सत्कारको लागि छिटो छरितो तयार गरि खाजाको रुपमा प्रयोग गर्न सकिने हुदा झिनिया रोटी हरेक हिसावले राम्रो मानिन्छ । अन्य समयमा भन्दा तिहारमा दैनिक रुपमा झण्डै ४ हजार सम्मको झिनिया विक्रि हुने गरेको झिनिया व्यवसायी चिरिञ्जीवी शाक्यले जानकारी बताए ।
चाडपर्वमा मात्र खपत हुने भिनिया बाह्रै महिना राम्रो व्यापार हुने गरेको समेत व्यापारी शाक्यको भनाइ छ । भिनियाको माग बढ्न थालेपछि हाल बजारका पसल–पसलमा झिनिया व्यवसाय गर्नेहरुको संख्यामा बृद्धि हुन थालेको छ ।
यसबाट राम्रो जिवीकोपार्जन सकिने सम्भवना देखेपछि झिनिया व्यवसाय तर्फ धेरै आर्कषित हुन थालेका छन् । बार्षिक रुपमा समग्र वामीटक्सार बजारबाट झण्डै २० लाख देखि २५ लाख सम्म झिनिया विक्रि वितरण हुने गरेको स्थानिय व्यवसायीहरुको भनाई रहेको छ ।
यहाँ उत्पादित झिनिया रोटी गुल्मी तथा बाग्लुङ्गका, बुटवल लगायतका विभिन्न स्थानीय बजार र स्थानहरु विक्रिवितरण हुदैआएका छन् । तिहार नजिए सगै पसल–पसलमा झिनिया किन्ने ग्राहकहरुको घुइचो लाग्ने गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend