साझा नेटवर्क
बिमल खड्का, बागलुङ कात्तिक १३।
बागलुङ जिल्लाको भिमगिठे गाउबिकास समिति वडा न २ नयागाउका एक बालक ३ दिन पछि नजिकै जंगलमा फेला परेका छन । कार्तिक १० गते बिहान १० बजे घरबाट खेल्दै बाहिर निस्किएको अवस्थामा २३ महिने बालक अनिल बुढा अचानक हराएका थिए।
दर्लिङ गा बि स पात्ले निबासी खिमराज बुढाका छोरा अनिललाई सामान्य ज्वरो आएपछी भिमगिठेमा माइत भेटघाट पनि हुने र उपचार पनि गर्ने भनी बालक कि आमाले भिमगिठे ल्याउनु भएको थियो। बालक सम्पर्क बिहीन भएपछि स्थानीयले खोज्दा फेला पार्न नसकेपछि ईलाका प्रहरी कार्यलय भिमगिठेमा निवेदन गरेका थिए ।
ईलाका प्रहरीले जानकारी पाएपछी प्रहरीको एक टोलि र स्थानीय मिलेर घर वरपर र नजिकैको जङ्गल सबै ठाउमा खोज्दा पनि बच्चा नभेटिएपछि स्थानिय तथा प्रहरी निराशमा रहेका थिए । हिजो बेलुकी ५ बजे सजिलैसँग सामान्य मानिस जान नसक्ने ठाउँमा बच्चा फेला परेको छ । जिवित बालक भेटिएपछि सबैमा सङ्का उत्पन्न भएको छ । तर ३ दिन पछि भेटिएको बच्चाको स्वास्थ्य अवस्था समेत सामान्य रहेको छ ।
प्रहरी तथा स्थानीयले त्यसरी खोज्दा समेत नभेटिएको बच्चा यसरी फेला पर्नु आश्चर्यजनक रहेको ईलाका प्रहरी कार्यलयका प्रमुख कृष्ण कार्कीले बताउनु भयो।उता स्थानियले झाक्रीको सल्लाह अनुसार पुजा आजा गरि बताए अनुसारको दिशामा खोज्न जादा बच्चा फेला परेको बताएका छन।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend