साझा नेटवर्क
बिमल खड्का बागलुङ, कार्तिक ११ ।
बिगत लामो समय देखि मालपोत कार्यालय बुर्तिबाङमा रही खरिदार पदमा कार्यरत कमल गौतमलाई आज कर्मचारी मिलन केन्द्र बुर्तिबाङले विदाई गरेको छ । गौतमले अधिकृत पदमा नाम निकालेपछि थप तालिमका लागि विभागमा जाने भएपछि विदाई गरिएको मिलन केन्द्रका संरक्षक जनक थापाले बताउनुभएको छ ।
केन्द्रका अध्यक्ष नारायण घर्तिको अध्यक्षता रहेको विदाई कार्यालयमा बुर्तिबाङ स्थित विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो । गौतमलाई सफल कार्यशैलीको शुभकामना सहित अविर तथा खादा लगाएर विदाई गरिएको बताए छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend