साझा नेटवर्क
बिमल खड्का बाग्लुङ कार्तिक ११।
नेपाल स्वास्थ्यका लागी पानी नेवाको आर्थिक सहयोग तथा गाबिस स्तरीय खाने पानी स्वास्थ्य तथा सरसफाई समन्वय समिति देबिस्थानको साझेदारि तथा वडा नम्बर ३ मा रहेको पात्ले खानेपानी स्वास्थ्य तथा सरसफाई आयोजनाको देविस्थान आयोजना गरिएको ४ दिने तालिम आज सम्पन्न भएको छ ।
तालिममा उपभोक्ता समिति तथा महिला पुरुष समाबेशी शिक्षा सम्बन्धी जानाकारी गराइएको थियो । तालिममा व्यक्तिगत सरसफाई घरायसी सरसफाई, वातावरणीय सरसफाई तथा पानीको माध्यमबाट दिशा मुखमा पर्ने अवस्था र मानिसमा लाग्ने रोग र त्यसको रोकथामका उपाएहरु एवं आयोजना सञ्चालन समितिको काम कर्तव्य तथा जनसहभागिता विषयमा जानाकारी गराइएको बताइएको छ ।
तालिमको आयोजनाका निरक्षक बासुदेव बिनालीले सहजीकरण गर्नुभएको थियो । उक्त खानेपानी आयोजना सम्पन्न गर्नका लागि नेवाको ३० लाख १२ हजार ५ सय ४८ देबिस्थान गाबिसबाट १ लाख र ७ लाख ८३ हजार ७ सय ४५ स्थानियहरुको जनश्रमदान गरि कुल रकम ३८ लाख ९६ हजार २ सय ९३ रुपौयाँमा आयोजनमा सम्पन्न हुने बताएको छ ।
सो खानेपानी आयोजना आगामि बर्षको साउन महिनामा सम्म सम्पनन गरिसक्ने लक्षय रहेको छ । उक्त आयोजनाले त्यस स्थानका ७० घर घुरिका ५ सय १७ जना लाभाबित हुने बताएको छ । उक्त तालिममा कार्यक्रम संयोजक चेत बहादुर कँवर तथा सहर्जकर्ता समझना कुँवर ,राधिका सिंह ,र सिर्जना कुँवरले सहजीकरण गर्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend