साझा नेटवर्क
प्रेम सुनार गुल्मी, कार्तिक ११ ।
गाविस सचिवहरु पछि आज देखि गुल्मी जिल्लाका सामाजिक परिचालकहरु पनि संगठित भएका छन् । आज सदरमुकाममा भेला भई घमिरका सामाजिक परिचालक राजेन्द्रप्रसाद पन्थीको अध्यक्षतामा जिल्ला स्तरिय सामाजिक परिचालक हक हित समिति गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा वसन्त सेन, सचिवमा प्रकाश थापा , कोषाध्यक्षमा मेनिका वस्याल चयन भएका छन् । १७ सदस्यी जिल्ला समिति बनाईएको नव निर्वाचित अध्यक्ष राजेन्द्र पन्थीले जानकारी दिए । तस्वीर कार्य समितिका पदाधिकारी र सदस्यहरु सामुहिक तस्वीर खिचाउँदै ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend