साझा नेटवर्क
प्रेम सुनार गुल्मी, कार्तिक ११ ।
२०५७ सालमा स्थापना र २०६२ सालमा दर्ता भई केहि समय सक्रिय भएको र पछि लामो समय निष्कृय रहेको गुल्मी अर्खलेको एक क्लव पुनः सक्रिय भएको छ । श्री समाजसेवा युवा क्लव रेसुङ्गा नगरपालिका ४ अर्खले यसरी सक्रिय हुन थालेको हो ।
उक्त क्लवलाई नेकपा एमालेका केन्द्रिय सचिव तथा गुल्मी क्षेत्र नम्वर ३ का सांसद गोकर्ण विष्टले थप सक्रिय पार्न सहयोग गर्ने उद्घोष समेत गरेका छन् । क्लवले भलिवल प्रतियोगिताको आयोजना गरी सक्रियताको पाईला चालेको हो ।
नेता विष्टले उद्घाटन गरेको भलिवल प्रतियोगिता ३ दिन सम्म सञ्चालन भएको थियो । प्रतियोगितामा दर्जनौं टिमलाई पछाडी पार्दै स्वयम आयोजक टिम श्री समाज सेवा युवा क्लव अर्खले प्रथम भएको छ । दृतिय विहानी युवा क्लव बडागाउँ भएको छ । तुफान युवा क्लज मुसिकोट तृतिय भएको छ ।
विजयी प्रथम , दृतिय र तृतियलाई क्रमशः ३० हजार २० हजार १० नगद पुरस्कार मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । प्रथम पुरस्कारको शैजन्य रेसुङ्गा नगरपालिका ४ अर्खले घर भई हाल अष्ट्रेलियामा कार्यरत शशिध्वज थापाले गरेका थिए । सेउवा घर भई हाल अमेरिकामा पत्रकारिता गरिरहेका किशोर पन्थीले २० हजार राशीको पुरस्कार शौजन्य गरेका थिए ।
जर्सी शौज्यन्य अर्खले निवासी सुरेन्द्र थापाले गरेका थिए । निष्कृय रहेको क्लवलाई रेमलाल वस्यालले गत वर्ष देखि सक्रिय पारेका हुन् । उनको अध्यक्षतामा गत वर्ष क्लवलाई पुनरगठन गरिएको थियो । प्रतियोगिताको उद्घाटन नेता विष्टले गरेका थिए। समापन समारोहमा भलिवल संघ गुल्मीका अध्यक्ष झकबहादुर मिदुनको प्रमुख आपतथ्यता थियो।
त्यस्तै नेकपा एमाले रेसुङ्गा नगरकमिटीका संयोजक डिल्लीराज भुसाल,खेलकुद विकास समितिका सदस्य मनोज काउछा, रेफ्री एवं राष्ट्रिय भलिवल खेलाडीद्धयः किशोर केसी, हिरा पुन लगायतको विशेष आतिथ्यता थियो ।
क्लवका अध्यक्ष रेमलाल वस्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रीराम महतको सञ्चालन रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend