logo
  • शुक्रबार, असोज ९ २०८३

प्राविधिक क्याम्पस सञ्चालनार्थ शैक्षिक तथा धार्मिक महोत्सव हुने


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री, गुल्मी कार्तिक १० ।
गुल्मी जालपा हस्तिचौर शैक्षिक तथा धार्मिक महोत्सव २०७३ को आयोजनामा हिमालय उच्च माबिलाई प्राबिधिक कक्ष सहित क्याम्पस सञ्चालनार्थ यहि मंसिर २५ गते देखि सञ्चालन हुन लागेको शैक्षिक तथा धार्मिक महोत्सवको बारेमा जिल्ला स्थित क्रियाशिल राजनितीक दलहरु संग अन्र्तक्रिय सम्पन्न भएको छ ।
puja
हस्तिचौर र यस आसपासका ग्रामिण क्षेत्रबासी बिपन्न पारिक पृष्ठभूमि भएका बालबालिकाहरुको समेत प्राबिधिक शिक्षाका साथै उच्च शिक्षामा पहुच पु¥याउने उदेश्यले यहि संसिर २५ गते देखि पुस २ गते हुने शैक्षिक तथा धार्मिक महोत्वमा जिल्ला स्थित बिभिन्न राजनितिक दलहरु सगै बिभिन्न कार्यालयहरुले सफल पार्न आफनो क्षेत्रबाट सहयोग गर्ने भएको धार्मिक महोत्सव मुल आयोजक समितिका अध्यक्ष शेरबहादुर कुवँरले जानकारी दिनुभयो ।
pp
दलहरु तथा बिभिन्न कार्यालयबाट शैक्षिक तथा धार्मिक महोत्सवलाई कसरी सम्पन्न गर्न सकिन्छ र भन्ने सम्बन्धमा बिभिन्न सुझावहरु सहित सहयोग समर्थन रहेका उहाँको भनाई छ । शैक्षिक तथा धार्मिक महोत्सव सम्पन्न गर्न हाल सम्म ४० भन्दा वढी उपसमितिहरु गठन भएको अध्यक्ष कुवँरले जानकारी दिनुभयो ।

महोत्सवमा अन्तराष्ट्रिय कथा बाचक श्रद्धेय श्री गोबिन्द शरणज्यू महाराज ज्यूको प्रमुख वाचकत्व सथै सुखमय जीवन जीउने कलाका सरल तरिका रहस्याहरु एबं अर्थपूर्ण सारगर्भिक प्रवचन गर्नुहुने साथै मधुवाणीकी धनी पुज्यदि मिरा देवी ज्यूको समुपस्थितिमा दिव्य प्रवचनहरु सहित संञ्चालन हुने आयोजकले जनाएको छ ।

ज्ञान महायज्ञमा दाताहरुबाट प्राप्त दानराशीले जनताहरुद्धारा अपेक्षित प्राबिधिक र जिल्लाकै नुमना शैक्षिक संस्था निर्माण तथा क्याम्पस सञ्चालन गरिने बिद्यालयका सहप्राचार्य जगत बहादुर खत्रीले जानकारी दिनुभयो ।

अहिलेको युग सुचना प्रबिधिलि फडको मारिरहेको बेला हालको शिक्षा प्राबिधि सहितको शिक्षा आबश्यकता रहेका हुदा जिल्लाको सदरमुकाम नजिक रहेर पनि ओझेलमा परेकोले यस बिद्यालयलाई स्तरिय शिक्षा सहितको क्याम्पस सञ्चालन गर्नको लागी सम्पन्न हुनलागेको यस महोत्सवमा सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको मुल आयोजक समितिका अध्यक्ष कुवँरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend