logo
  • शुक्रबार, असोज ९ २०८३

बागलुङमा काठ सहित पक्राउ परेका ७ जनालाई थप अनुसन्धानका लागि जिल्ला चलान


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

बिमल खड्का, बागलुङ कार्तिक ८ ।
बागलुङको भिमगिठे गाउँ बिकास समिति वडा नम्बर ३ बाट सिर्मुको दार ट्याक्टरमा लिएर बुर्तिबाङ ल्याउँदै गर्दा पक्राउ परेका ७ जनालाई थप अनुसन्धानका लागी जिल्ला पठाएको इलाका वन कार्यालय बुर्तिबाङले जानाकारी दिएको छ ।

गत असोज ५ गते राति ११ बजे भिमगिठे ईलाका प्रहरी कार्यालयको गस्ति टोलीले उनीहरुलाई पक्राउ गरि असोज ६ गते इलाका प्रहरी कार्यालय बुर्तिबाङमा पठाइएको थियो । उनीहरुलाई थप अनुसन्धानका लागी ईलाका बन कार्यलयमा निबेदन सहित पठाएको थियो ।

यसरी पक्राउ परि अनुसन्धानका लागि जिल्ला चलान हुनेहरुमा भिमगीठे गाउँ विकास समिति वडा नं. ३ घर भई बुर्तिबाङ बस्ने बुद्ध घर्ति, भिमगीठे ३ का आयुस पाईजा,तुल्सी पुन, दीपक पाईजा,प्रेम घर्ति,खीम बहादुर मगर, र ट्रयाक्टर चालक मनोज राना रहेका छन् ।

उनीहरुलाई थप अनुसन्धान र कार्वाहीका लागि जिल्ला वन कार्यालय बागलुङ चलान भएकोे ईलाका वन कार्यलय बुर्तिबाङका साहायक रेन्जर खिम श्रीषले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend