logo
  • शुक्रबार, असोज ९ २०८३

नगर विकास समितिमा ८ करोड २४ लाखको योजना


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

११ गाविस समेटेर बुर्तिबाङ नगरपालिका बनाउनु पर्ने राजनैतिक पार्टी नेताहरुको भनाई


बिमल खडका, बाग्लुंङ कार्तिक ८ ।
नमूना शहरको योजनामा परेको बुर्तिबाङ स्थित साना शहरी विकास आयोजनाका अनुसार यस आर्थिक वर्षमा बुर्तिबाङ नगर विकास समितिले ८ करोड २४ लाखको योजना स्वीकृत भएको जनाएको छ ।स्वीकृत भएको वजेट अनुसार ८० लाखको योजनामा निसीभुजि जनता क्याम्पस देखि अस्पताल सम्म सडक र ढल निर्माण तथा स्तर उन्नति गरिने भएको छ ।14826475_1802581186663463_607453534_nत्यस्तै ७० लाखको लागतमा बुर्तिबाङ नयाँ शहर, बुर्तिबाङ पुरानो बजार मन्दिर देखि मिलनचोक हुँदै उपल्लो बजारसम्मको सडक स्तरउन्नति गर्ने, ६५ लाखको लागतमा बुर्तिबाङको लोकमार्ग हुँदै खप्तरीवाङ निसीभुजी जनता क्याम्पससम्मको स्तरउन्नति गर्ने, ६५ लाखकै लागतमा सोरवोटदेखि भव्रेटासम्मको सडक स्तरउन्नति गर्ने, ५० लाखको लागतमा बरपिपलदेखि ब्र्तिबाङ तल्ला नयाँ बस्तिसम्मको ढल निकास गर्ने,५० हजारको लागतमा नयाँ शहरमा रहेका सरकारी जग्गा छुट्याउन सर्बेक्षण गर्ने,१ करोडको लागतमा यस वर्ष नयाँ शहरी योजनाको भवन निर्माण गरिने,१९ लाखको लागतमा टारिखेतमा प्लानिङ गरिएको जग्गामा सडक प्लानिङ गरिने,१ करोडको लागतमा बुर्तिबाङ उपल्लो बजारदेखि बसपार्क सम्मको शाखा सडक स्तरउननति गरिने,६० लाखकै लागतमा बुर्तिबाङ बरपिपलदेखि भव्रेटासम्मको सिडि निर्माण गरिने,५० लाखको लागतमा बतासे खाला डाँडा देखि भव्रेटासम्मको सडक स्तरउन्नति गरिने,६५ लाखको लागतमा बुर्तिबाङ देखि रिनामसम्मको सडक विस्तार गरिने, त्यस्तै ६५ लाखकै लागतमा बुर्तिबाङ दुले हुँदै बोंगादोभान सडक स्तरउन्नति तथा निर्माण गरिने, र ३० लाखको लागतमा एकीकृत विकास योजनाको सम्भाव्य देखिएका स्थलको पुर्वाधार निर्माण गर्नेगरि योजना स्वीकृत भई आएको नगर विकास समितिका अध्यक्ष अर्जुन शेरचनले बताउनुभएको छ ।

नगर विकास समितिको आयोजना मा आज बोलाइएको सर्व पक्षिय सर्वदलिय बैठकका अवसरमा यस्तो जानाकारी दिइएको छ । यस्तै बैठककै अवसरमा यसरी छनौट गरि स्वीकृत गरिएका योजना मध्ये १९ लाख बजेट परेको टारिखेतको सहरी विकास योजनाको एकीकृत वस्ती विकासका लागि सडक निर्माण तथा स्तर उन्नतिका लागि विनियोजित वजेटलाई अन्य स्थानमा स्थानान्तरण गरिने बताइएको छ ।

टारिखेतमा यस अघि स्थानीयसँग भर्एको संझौता अनुसार काम गर्न स्थानीयबाटै अदालतमा मुद्धा हालिएकोले उक्त रकम अन्यत्र योजना बनाई स्थानात्तरण गरिने भएको छ । त्यस्तै बुर्तिबाङदेखि रिनामसम्मको मोटरवाटो निर्माणका लागि विनियोजन भएको ६५ लाख पनि अन्यक्र स्थानान्तरण गरिने भएको छ ।

उक्त सडकमा सडक विभागबाट बजेट विनियोजन भएकाले अन्यत्र लैजान सकिने बताइएको हो । यसरी स्थानान्तरण गरिने वजेटलाई बुर्तिबाङ वजार क्षेत्रमा नदी कटानमा तटबन्ध गरिने गरि योजना बनाईने सहमति गरिएको छ ।उक्त योजनालाई पुन स्वीकृत गराउन करिव ३ महिना लाग्ने समितिका अध्यक्ष शेरचनले बताउनुभएको छ ।

यसैबीच आजकै बैठकमा बुर्तिबाङ बजारदेखि निसीखोला तथा भुजिखोला तर्फको नाका बाढीका कारण अवरुद्ध हुँदा देखिएको समस्यालाई समाधानका लागि एकीकृत सेवा केन्द्र बुर्तिबाङका प्रमुख जनक थापाको संयोजकत्वमा स्थानीय राजनैतिक दल, व्यवसायी सहितको नाका सञ्चालनका लागि सहयोग तथा आर्थिक समिति गठन गरिएको छ ।

समितिले तत्काल उक्त कार्य सञ्चालनमा ल्याउने जनाइएको छ । सोही भेलाकै अवसरमा स्थानीय तह पुनःसंरचनाका लागि बुर्तिबाङ नगरपालिका बनाउन भन्दै आज फेरि अर्को फरक निर्णय गरेको छ । भेलाले गरेको निर्णय अनुसार पश्चिम क्षेत्रका निसी तथा भुजि क्षेत्रका ११ गाउँ विकास समितिलाई समेटेर बुर्तिबाङ नगरपालिका बनाउन जिल्ला प्राविधिक सहयोग समितिमा प्रस्ताव पठाउने तथा केन्द्रसम्म पनि यस विषयमा साँसद ज्ञान कुमारी छन्त्यालको नेतृत्वमा डेलिगेशन जाने सहमति भएको छ ।

साँसद छन्त्याल सहितको स्थानीय राजनैति दलहरुको एक टोली यही कार्तिक १८ गते डेलिगेशनका लागि जाने तयारी गर्ने निर्णय भएको छ । यस अघि बागलुङ जिल्लालाई ८ तहमा स्थानीय निकाय बनाउने सहमति गरि केन्द्रसम्म प्रस्ताव गरिएको थियो । त्यस प्रस्तावमा पश्चिम क्षेत्रलाई तीन भागमा विभाजन गरिएको थियो ।

जस अनुसार निसी क्षेत्रको बोहोरागाउँ केन्द्र हुने गरि गाउँ पालिका, बुर्तिबाङ तथा भुजि र तमान क्षेत्रलाई समेटेर बुर्तिबाङ केन्द्र बनाई ढोरपाटन गाउँ पालिका र अर्को ग्वालिचौर केन्द्र तोकेर बढीगाड गाउँ पालिकामा विभाजन गरिएको प्रस्ताव थियो ।

त्यस समयमा ५ सय ६५ स्तानीय तहको संरचना बनाईने भनिएकोमा अहिले फेरिएर ७ सय ४४ वटा बनाईने नयाँ प्रस्ताव आएको छ । जस अनुसार बागलुङ जिल्लालाई बढीमा ११ बटासम्म स्थानीय तह बनाउन सकिने नयाँ प्रस्ताव आएको हो ।

विगत देखिनै बुर्तिबाङलाई नगर पालिकानै बनाईने प्रस्ताव गरिदै आइरहेको बेला आजको छलफलबाटयहाँका ११ गाउँ विकास समितिलाई समेटेर नगर पालिका बनाउने नयाँ प्रस्ताव आएको छ । उक्त प्रस्तावले बोहोरागाउँ केन्द्र रहने गरि यस अघि प्रस्तावमा आएको गाउँ पालिका पनि बुर्तिबाङ नगर पालिकामै ल्याउने गरि राजनैतिक सहमति गराउने यहाँका राजनैतिक दलका नेताहरुले अग्रसरता लिनुपर्ने बताएका छन् ।

उनीहरुले सबै गाविसमा आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरुलाई नगरपालिकामै समावेश हुन आग्रह गर्ने भएका छन् । नेपाली काँग्रेसले क्षेत्रीय स्तरमा आफूहरुले आफ्ना कार्यकर्ता तथा पार्टीका नेताहरुलाई उक्त प्रस्तावमा जसरी पनि सहमत गराउन क्षेत्रीय समितिले पहल गर्ने जनाएको छ ।

यस्तै नेकपा माओवादी केन्द्रले पनि आफ्नो पार्टीका सबै कार्यकर्तालाई नगरपालिकामै आउन आग्रह गर्ने जिममेवारी आफुले लिन सक्ने पार्टीका जिल्ला नेता समेत रहनुभएका चन्द्र अर्यालले बताउनुभएको छ । यसैगरि एमालेले पनि सबैलाई नगरपालिकामा आउन पहल गर्नुपर्ने कुरा उठान गरिएको छ र तर पार्टीका क्षेत्रीय अध्यक्ष ज्ञान प्रसाद कँडेलले भने यस विषयमा फरक मत राख्नुभएको छ ।

उहाँका अनुसार बुर्तिबाङलाई नगरपालिका बनाउनु पर्ने तर सबै गाविसका आफ्ना पार्टी कार्यकर्ताबाट राय लिईने तर दवाद दिन नसकिने बताउनुभएको छ । उक्त छलफलमा अरु पार्टीका तर्फबाट सहभागीता देखिएको थिएन ।

यस अघिको छलफलमा भने राष्ट्रिय जनमोर्चाका तर्फबाट प्रतिनिधित्व गर्नुभएका गौरीश्वर पाण्डेले अरु गाविसका नेता कार्यकर्तालाई यसै विषयमा हर्वप  जारि गर्न नसकिने विचार राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend