साझा नेटवर्क
बिमल खड्का, बाग्लुङ कार्तिक ८ ।
बुर्तिबाङ राईजिङ युवा क्लवको आफ्नो १४औं वार्षिकोत्सव तथा कोजाग्रत पूर्णिमा मेला २०७३ का अवसरमा आयोजना गरिएका सबै कार्यक्रमहरु हिजो सकिएको छ । कार्यक्रमहरु सकिएसँगै हिजै समापन गरिएको हो ।
क्लवले सञ्चालन गरेको पुरुष भलिवल प्रतियोगीता तर्फ न्यू मोर्डन एकेडेमी बुर्तिबाङ प्रथम भएको भने ढोरपाटन वेलफेयर सोसाईटी द्धितिय भएकाछन् । दुवै टीमबीच फाईनल खेल भइरहेको वेला रेफ्रीले दिएको निर्देशन अनुसार ढोरपाटन वेलफेयर सोसाइटीले आफूमाथि न्यायिक निर्णय नगरेको भन्दै खेल मैदान बाट बाहिरिएको थियो ।
दुबै टिमले २/२ सेटको जीत आफ्नो पक्षमा लिएको अवस्थामा अन्तिम चरणको खेलमा न्यू मोर्डन एकेडेमीको १३ र ढोरपाटन वेलफेयर सोसाइटीको ९ नम्बर भएको अवस्थामा खेल अवरुद्ध बनेको हो । तर रेफ्रिको भुमिकामा रहनुभएका कुलबहादुर रानाले भने खेलाडिहरुको आफ्नै कमजोरीले खेलाडिले खेलमैदान छाडेको बताउनुभएको छ ।
यसरी चलिरहेको खेल एकाएक अवरुद्ध भएपनि खेल हेरिरहेका दर्शकहरु पनि निरास बनेका थिए । यसैबीच क्लवले आयोवजना गरेका सबै कार्यक्रम सकिएसँगै समापन भएको छ । क्लवका अध्यक्ष विनोद भण्डारीको अध्यक्षतामा, बागलुङ क्षेत्र नं.३ का साँसद ज्ञान कुमारी छन्त्यालको प्रमुख आतिथ्यता रहेको कार्यक्रमका अवसरमा प्रतियोगीताका उत्कृष्ठ हुने खेलाडि तथा प्रतियोगीहरुलाई पुरस्कृत गरिएको थियो ।
स्थानीय सरकारी तथा ग्रैह्र सरकारी संघ संस्था एवं राजनैतिक पार्टी प्रतिनि, समाजसेवी बुद्धिजीवी सहितको उपस्थितिमा आयोजना गरिएको समापन कार्यक्रमको सञ्चालन क्लवका सचिव कमल भुसाल र बाग्लुङ उधोग बाण्ज्यि संघ ईकाई बुर्तिबाङका अध्क्षयले गर्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend