साझा नेटवर्क
प्रेम सुनार, गुल्मी कार्तिक ८ ।
दलित संग घर–जाम गरेर वाल वच्चाकी आमा समेत बनेकी गुल्मी दिव्रुङ्गकी एउटी मगर समुदायकी चेली श्रीमान सहित पत्रकारिता पेशा गर्ने अठोटका साथ तालिम ल्याएकी छिन् ।
दिव्रुङ्ग गाविस वडा नम्वर ८ अर्जेवा गाउँका प्रकाश बिश्वकर्मा संग विवाह गरेकी रुपा पुन बिकले यस हप्ता पत्रकार तालिम गरेकी हुन् ।उनिहरु दुवै जनाले श्री जनसेवा युवा क्लव दिव्रुङ्ग अर्जेवाले आयोजना गरेको ७ दिन पत्रकारिता तालिम लिएका हुन् ।
७ दिन सम्म संगै बसेर तालिम लिएका उनिहरु अन्तिम दिनको लिखित परिक्षामा समेत संगै बसेर परिक्षा दिएका थिए ।उनिहरु दुवैले गाउँमा रहेर अलग अलग रेडियोहरुको रिर्पोटर बनेर पत्रकारको छवि बनाउने चाहना भएको बताए ।
त्यस्तै त्यस तालिमा १२ वर्षिय वालक मनसुन पुन ,१४ वर्षिय वालक मनोज गौतमले समेत पत्रकारिता लिएका छन् । यसरी ४० को नेटो काटेका पाका पुरुष महिला देखि १२ वर्ष सम्मका वाल वालिकाहरुले समेत पत्रकारिताको तालिम लिनुले यस पेशा प्रति मोह बढ्दै गएको पाईएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend