logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मी युवा संघ रेसुङ्गा नगरको अध्यक्षमा : बस्याल


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री गुल्मी, कार्तिक ७ ।
युवा संघ नेपाल गुल्मीको आयोजनामा रेसुङ्गा नगरपालिकाको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न अधिवेशनले रेमलाल बस्यालको अध्यक्षतामा ३१ सदस्यिय युवा संघ नेपाल रेसुङ्गा नगरकमिटी सर्बसम्मत निर्वाचित गरेको छ । mahesh-1

कमिटीको उपाध्यक्षमा गोबिन्द बराल, सचिव केपी भण्डारी, सहसचिव, लिलामणी मरासिनी, कोषाध्यक्ष रेखा बस्नेत लगायत रहनु भएको छ । युवा संघ नेपालका पूर्व केन्द्रिय अध्यक्ष एबं पूर्व मन्त्री महेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनको उदघाटन सत्रमा नेकपा एमाले प्रदेश नं.५ का सदस्य बोम बहादुर खड्का, जिल्ला अध्यक्ष मधुकृष्ण पन्त र युवा संंघका केन्द्रिय महासचिव किरण पौडेलको बिशेष आतिथ्यता रहेको थियो ।mahesh-2jpgअधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथी बस्नेतले आर्थिक उदारिकरणको अन्धानुकरणका कारण नेपाली उद्योगहरुले बिदेसी उत्पादनसंग प्रतिस्पर्धा गर्न नसकी नेपाली उद्योगहरु बन्द भएको परिणाम स्वरुप नेपाली युवाहरु ज्यानलाई जोखीममा राखी रोजगारिको खोजीमा बिदेसीन बाध्य भएको भन्दै यसको मुख्य दोषी नेपाली कांग्रेस रहेको दाबी गर्नुभयो ।mahesh-3jpg

नेपाली उद्योग र उत्पादनको प्रबद्र्धनको लागी राज्यले नागरिक उत्तरदायी आर्थिक निति अबलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । कांग्रेस प्रति कटाक्ष गर्दै केपी ओली नेतृत्वको सरकारले पाइपलाइनबाट ग्यास बितरण गर्ने कुरा गर्दा असम्भव भन्दै हावामा उडाउने कांग्रेसीहरु अहिले आफनै पार्टीका मन्त्री नबिन्द्रराज जोसीले पाइपलाइनबाट बितरित ग्यासको चुलो बाल्दा के भन्छन् भनि प्रश्न गर्नुभयो । mahesh-5jpg

नेकपा एमाले राष्ट्रियताको संरक्षण गर्दै सुखि नेपाली संमृद्ध नेपाल निर्माणको अभियानमा लागेकोले अन्य पार्टीमा लागेकाहरुलाई एमालेलाई साथ र सहयोग गर्न आव्हान गर्नुभयो । बिभिन्न पार्टी पत्यिाग गरि एमालेमा प्रबेश गर्ने नव प्रबेशीहरुलाई स्वागत गर्दै बधाइ तथा शुभकामना दिनुभयो ।nnयुवा संघ नेपालको रेसुङ्गा नगर अधिवेशनको उदघाटन सत्रमा साउथ एसियन आइ टि एफ तेक्वान्दोमा स्वर्ण पदक बिजेता खेलाडीहरु बिरेन्द्र कुवँर र सिमा खासुलाई सम्मान समेत गरिएको थियो । mahesh-5jpgकार्यक्रम युवा संघ नेपाल गुल्मीका संयोजक मोहनप्रसाद पाण्डेयको अध्यक्षता, मणीरत्न भण्डारीको स्वागत तथा अनेरास्वबियु गुल्मीका संयोजक राजेन्द्र बिक्रम कँुवरको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend