साझा नेटवर्क
बिमल खड्का, बाग्लुङ कार्तिक ६ ।
बाग्लुङको भिमगीठे गाँउबिकास समितिबाट बुर्तिबाङ तर्फ ल्याईदै गरेको घ १ प ३४० नम्बरको ट्याक्टरमा ७७ थान काठका फट्टा अर्थात महँगो सिर्मुको काठ सहित आज प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय भिमगिठेको गोष्तीको बेला राति ११ बजे भिमगिठेमा पक्राउ गरि आज ईलाका बन कार्यलय बुर्तिबाङमा ल्याई आवश्यक अनुसन्धानका लागि इलाका वन कार्यालयलाई पत्र सहित बुझाएको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले बताउनु भएको छ । प्रहरी सोधपुछमा काठ लिने व्यक्ति बुद्ध घर्ति आफ्नै वारीबाट लिएको र यहाँ घर बनाउने काममा प्रयोग गर्ने बताएका छन् ।
यसरी पक्राउ पर्नेहरुमा भिमगीठे गाउँ विकास समिति वडा नं. ३ घर भई बुर्तिबाङ बस्ने बुद्ध घर्ति, भिमगीठे ३ का आयुस पाईजा, तुल्सी पुन, दीपक पाईजा, प्रेम घर्ति, खीम बहादुर मगर, र ट्रयाक्टर चालक मनोज राना रहेका छन् । प्रहरीले आजै आवश्यक अनुसन्धान र कार्वाहीका लागि इलाका वन कार्यलय बुर्तिबाङलाई हस्तान्तरण गरिदिएको छ । 
यसरी काठ सहित पत्राउ परेकालाई स्थलगत अनुगमन गरि आवश्यक कार्वाहीका लागी अगाडी बढाउने ईलाका वन कार्यलय बुर्तिबाङका साहायक रेन्जर खिम श्रीषले बताएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend